Digital Newspaper

नेपाली नेता रहरको ससुराली भन्दै रेडलाइट एरियामा (भिडियो)

नेपाली नेता रहरको ससुराली भन्दै रेडलाइट एरियामा (भिडियो)

केहि अंश

………………………“ल, योचाहिँ ठीक छे है,” हरिश मुस्कुराउँदै बोल्यो, “च्वाँक छे यार, हाम्रा नेताज्यूका लागि ठ्याक्कै सुहाउँछ ।”

किरणले पैसा तिरिहाल्यो । उनीहरूले केही कुराकानी गरे । युवतीले ‘ओके’ भनी ।

केटाहरूले मलाई ढोकाभित्र घचेटिहाले ।

जिन्दगीमा कहिल्यै नगरेको काम गर्न लागिरहेकोमा अलिकति डर लाग्यो । खिन्नता महसुस भयो । म मौन रहेँ । न चिनेको, न जानेको । भाषा त झन् आउने कुरै भएन ।

मेरो मौनतालाई तोड्दै उसले के भनी, बुझिनँ । ट्वाल्ल परेको देखेर मुस्कुराई र हात समाएरै भ¥याङ चढी । माथिल्लो कोठामा पुगेपछि इशाराले ‘पख है’ भनेजस्तो लाग्यो । ऊ बाहिर निस्किई ।

उसले ‘तयार भएर आउँछु’ भनेकी रहिछ । केही अगाडिसम्म अर्धनग्न ऊ यसपटक पूरै नांगिएर आई । मैले मूर्तिझैं जस्ताको तस्तै हेरिरहें । मलाई हेरेर ऊ मीठो मुस्कुराई । र, आफ्नो पेशा सम्हाल्न लागी । आफ्नो कर्तव्य निभाउन लागी । जसरी हुन्छ, ग्राहकलाई सन्तुष्ट पार्नु र फेरि आउने बनाउनु उसको कला हो ।

वृद्धावस्था छुन आँटेको म एकपटक फेरि दूधे बालकझैं भएँ । जता पल्टाई, उतै पल्टिएँ ।

उसले जे गरी, मैले सहिदिएँ । मैले जे गरेँ, उसले सहिदिई । केहीबेरको रस्साकस्सीपछि निधारमा चिट्चिटाएका पसिना पुछ्दै म खिस्स हाँसिदिएँ । उसले दुई औंला उठाई । र, पाँच औंला उठाएर बाहिर निस्किी । ‘प्रतीक्षा गर’ भनेकी होला भन्दै म कुरिरहें ।……………………..

आफ्नो भनाइ राख्नुहोस्

Your email address will not be published.

%d bloggers like this: