Digital Newspaper

किन तर्सिन्छ जस्टिन बिबरले पालेको बाँदर, कारण यस्तो

चर्चित क्यानेडियन पपस्टार जस्टिन बिबरले अवैधानिक रुपमा पालेको बाँदर अझसम्म पनि पूर्ण रुपमा निको नभएको समाचार सार्वजनिक भएको छ ।

 

ओजी मल्ली नाम गरेको उक्त बाँदरलाई बिबर सन् २०१३ मा अवैधानिक रुपमा किनेका थिए । त्यसै वर्षको अन्त्यमा जर्मन अधिकारीले बाँदरको उद्धार गरेका थिए । अहिले पनि त्यो बाँदर जर्मन चिडियाखानामा रहेको छ ।

पपस्टारले किनेको समयमा त्यो बाँदर जम्मा १४ हप्ताको थियो । विशेषज्ञहरुका अनुसार बिबरसँग बाँदर निकै डराएको थियो । अहिले मल्ली नामक उक्त बाँदर जर्मनीको सेरेंगेटी वाइल्डलाइफ पार्कमा पूरानै जिन्दगीमा फर्कने प्रयास गरिरहेको छ । तर उसलाई पूरानै जीवनमा फर्कन निकै कठिन भएको विशेषज्ञले बताएका छन् ।

कापुचिन प्रजातिको यस बाँदरलाई अहिले पनि भाषाको समस्या रहेको चिडियाखानाकी प्रतिनिधि अस्टा लथले बताएकी छिन् । यो बाँदरले अहिले पनि अचम्मको आवाज निकाल्ने गरेको उनले बताइन् । उनका अनुसार अहिले पनि उसले मान्छेले जस्तै व्यवहार गर्ने गरेको छ । ‘उसलाई सानैमा आफ्नो आमाबाट अलग गरियो । उसलाई प्रकृतिसँग घुलमिल हुन पनि दिइएन । उसले बाँदर हुन सिकेन’, नथले भनिन् । 

जर्मन अधिकारीहरुले जस्टिन बिबरसँग त्यस बाँदरलाई राख्न मिल्ने पर्याप्त कागजपत्र नभएकाले उद्धार गरेका थिए । बिबरले कहिल्यै पनि उक्त बाँदर आफ्नो भएको कागजपत्र पेश गरेनन् । निकुञ्जका अधिकारीले बिबरले त्यस बाँदरलाई ‘ब्ल्याक मार्केट’ मा किनेको हुन सक्ने बताएका छन् ।

जस्टिन बिबर पटक–पटक जनावरलाई दुव्र्यवहार गरेको आरोपमा विवादित बन्ने गरेका छन् । उनले पालेको लोखर्के मरेको थियो । त्यस्तै सर्पलाई लिलामीमा बेचेको, पालेको बिरालोलाई बेवारिसे अवस्थामा छोडिदिएको भन्दै बिबरको कडा आलोचना भएको थियो ।

आफ्नो भनाइ राख्नुहोस्

Your email address will not be published.

%d bloggers like this: