Digital Newspaper

पैसाको अभावमा अस्ट्रेलियामा नेपाली युवकले गरे प्रेमिकाको हत्यापछि आत्महत्या

प्रेमिकाले अस्ट्रेलिया छाड्ने तयारी गरेको थाहा पाएपछि एक नेपाली युवकले उनको हत्या गरेका छन् । तनावमा पुगेका उनले प्रेमिकाको मात्र नभएर आफैलाई पनि सिध्याएका छन् ।

एक २२ वर्षीया बेलायती प्रेमिकाको हत्या गरी आत्महत्या गरेको घटनामा ड्रग्स समेत जोडिन पुगेको डेली मेलले उल्लेख गरेको छ ।

प्रेमिकाको हत्या गरी आत्महत्या गर्ने नेपाली युवा ब्राजिल गुरुङ कोकिनको नशामा रहने गरेको खुलासासँगै घटनाले नयाँ मोड लिएको हो ।
३३ वर्षका गुरुङले उच्चस्तरको ड्रग मानिने कोकिन नियमित लिने गरेका थिए । उनकी २२ वर्षीया प्रेमिका अमेलिया वाल्केले अस्ट्रेलिया छाड्ने योजना बनाएको थाहा पाएपछि गुरुङ मानसिक रुपमा विचलित भएका थिए ।

२३ वर्षकी मेर्सिडिज व्रिओन्स म्यानेजर रहेको सिड्नी रेस्टुराँमा ब्राजिल गुरुङ प्रायः आइरहन्थे जहाँ उनकी प्रेमिका वेट्रेसका रुपमा काम गर्थिन् ।

न्युटाउनमा रहेको आफ्नै फ्ल्याटमा यो जोडी मृत अवस्थामा भेटिएका छन् । व्रिओन्सले बताएअनुसार यतिखेर गुरुङ नराम्ररी ऋणमा डुबेका थिए ।

उनका अर्का साथीले गुङग वाल्केसँग प्रेममा हुँदा अरुसँगको सम्बन्धले तनावमा रहेको तर्क गरे ।

सिड्नीमा बस्दै आएकी मार्सिडिजले भनिन्, ‘ब्राजिल अन्तिममा आफ्नै फन्दामा परे । उनी पैसाको अभावमा संघर्ष गरिरहेका थिए, आफ्नी पूर्व पत्नीलाई भिसाका लागिसमेत नेपाल पैसा पठाउँनुपथ्र्यो उनले, सघाउने अरु कोही थिएन ।’

‘मलाई थाहा थियो उसले कोकिन लिन्छ । हत्या र आत्महत्याको त्यो दिन उसले के गरेको थियो थाहा छैन,’ उनले थपिन् ।

गुरुङ एक्लोजस्तै थिए, परिवार थिएन र अरु कोही पनि उसलाई साथ दिने थिएनन् । त्यस्तो अवस्थामा उनको प्रेमिकाले पनि छाड्ने बताएपछि उनी एक्कासी रिसाएको हुनुपर्छ ।

‘हामी नजिकका साथी थियौं, पछिल्लो पटक कुरा गर्दा उसको जीवन कहालीलाग्दो बताएको थियो । उसँग उसको भिसा त थियो तर तिर्नुपर्ने भाडा र पढाइ खर्चले सास्ती थियो’, उनले भनिन् ।

बिहे असफल भएपछि उसले पत्नीका लागि खर्च दिनुपर्ने भएकाले पनि ब्राजिलको आर्थिक अवस्था बिग्रिएको मर्सिडिजले बताइन् ।

उनले अमेलियाविना ब्राजिल रहन नसक्ने अवस्था भएको थियो । ब्राजिलको अवस्था नराम्रो रहेको बुझेपछि अमेलियाले अस्ट्रेलियाबाट उम्कने प्रयास गरिन् । हत्याको घटना सुन्दा आफू स्तव्ध भएको मर्सिडिजले सुनाइन् ।

‘मैले विश्वास नै गर्न सकिन् । उ त्यस्तो मानिस थिएन । उ खराब मानिस होइन । त्यसो गर्यो भन्ने कल्पना पनि गर्न सकिन्न,’ उनले भनिन्, ‘उसले त्यसो किन गर्यो पक्कै भित्र कुनै कारण हुनुपर्छ । त्यसबारे उसले कसैसँग केही भनेको या गरेको हुनुपर्छ ।’

अर्का नेपाली साथी २४ वर्षका कमल प्रसाईले अघिल्लो बिहेकै कारण उनले हत्या–आत्महत्या गरेको हुनसक्ने बताए । तर, उनले ब्राजिलले ड्रग लिने गरेकोबारे भने जानकारी नभएको बताए ।

‘उसको डिभोर्स भइसकेको थियो कि थिएन थाहा भएन । तर, म २०१५ मा उसको पत्नीसँगै काम गर्थे । त्यसयता उनीसँग मेरो भेट भएको छैन,’ उनले भने, ’गत डिसेम्बरमा ब्राजिलसँग मेरो कुराकानी भएको थियो । उनलाई पैसा चाहिएको रहेछ, मैले दिएँ पनि । उसले कुन अवस्थामा त्यस्तो गर्यो म भन्न सक्दिन । म मात्र होइन, ब्राजिलले त्यस्तो गर्ला भन्ने कसैले अनुमान पनि गर्न सक्दैन ।’

न्यु साउथ वेल्स प्रहरीले पोस्ट मार्टम गर्दा उनले ड्रग्स लिएको देखिएको जनाएको छ ।

यसैबीच ब्राजिलको शरीर नेपाल फर्काउन रकम संकलनको थालनी पनि भएको छ । पीडा भोगेको अमेलियाका परिवार पनि सिड्नी आइपुगेका छन् । छोरीको शव बेलायत लैजान ।

नेपालीहरुको समूह तमु समाजले उनको शरीर नेपाल फर्काउन क्याम्पेनिङ पनि गरिरहेका छन् ।

डेली मेल अस्ट्रेलियाले गत साता यो जोडीको भेट फोग ब्राजिलिया चुरास्को रेस्टुरेन्टमा भएको खुलासा गरेको थियो जहाँ सेफ र वेट्रेस थिए उनीहरु । उनीहरुको अपार्टमेन्टभन्दा केही मिनेटको दुरीमा पर्छ यो रेस्टुरेन्ट ।

गत वर्षको सुरुवातमै यी दुवैले यहाँ काम गर्न छाडेका थिए । बेलायती युवती भिक्टोरियाको गाउँमा काम गर्न गइन् र पछि सिड्नी फर्किइन् ।
हत्याको यो कान्डपछि अचम्मित उनका पूर्व सहकर्मीहरु पैसाकै अभावले ब्राजिलमा तनाव भएको स्वीकार्छन् ।

‘एउटा अनौठो सत्य के हो भने उ जतिखेर पनि पैसा खोजिरहेको हुन्थ्यो,’ एक पूर्व सहकर्मीले भने, ‘उनी दुई महिना वेट्रेसका रुपमा काम गरेकी थिइन् । त्यतिखेर ब्राजिल सेफ थियो । उनी साह्रै हस्यौली, आत्मविश्वासले भरिएकी र प्यारी थिइन् ।’

गुरुङले अमेलियालाई मारेर आत्महत्या गरेकोमा प्रहरी पूर्ण विश्वस्त छ । फ्ल्याटका धनीले नै यी दुईको शव देखेका थिए । बेलायती विदेश नियगमार्फत् अमेलियाका विचलित अभिभावकले गत साता एउटा वक्तव्य जारी गरे ।

हामी हाम्री प्यारी छोरी र बहिनीको अप्रत्यासित दुखद् निधनबाट स्तब्ध भएका छौं र उनलाई चिन्ने सबैले मिस गर्नेछन्’, उनीहरुले भनेका छन् ।

घटनालाई गोप्य राखिदिन उनीहरुले आग्रहसमेत गरेका थिए । अहिले गुरुङलाई सहयोग गर्नेको लाम लागेको छ । सामाजिक सञ्जलमा पनि उनलाई सहयोग गर्न सबैले आ–गक्षअनुसारको सहयोगको घोषणा गरेका छन् ।

आफ्नो भनाइ राख्नुहोस्

Your email address will not be published.

%d bloggers like this: