Digital Newspaper

सरकारमा जति मन्त्रालय र मन्त्री रहन्छन हामी त्यति नै मन्त्री बनाउछौ-गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले पाँच वर्षपछि हुने निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने हो भने अहिले भएका पुराना नेता छेउ लाग्नुपर्ने बताएका छन् । आफूहरुले शुद्धिकरणको अभियान पनि आगामी दिनमा समृद्धि नेपालको अभियानमा उभ्याउन चलाएको थापाले बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्र र प्रदेशमा छाया सरकार बनाउने निर्णय गरेको छ । छाया सरकारले वाम सरकारले गरेको काम कारबाहीका बारेमा निगरानी राख्ने र आवश्यक परे सल्लाह दिने र नराम्रो काम गरे, विरोध गर्ने हिसाबले कांग्रेसले छाया सरकार बनाउने निर्णय गरेको बताइएको छ । पार्टीभित्र शुद्धिकरणको अभियान युवा समूहले उठाइरहेको छ । यिनै विषयमा हामीले नेता थापासँग कुरा गरेका छौँ ।

० कांग्रेसले बनाउन लागेको छाया सरकार के हो ?
– यो हाम्रो निम्ति नौलोजस्तो लागे पनि बेलायतमा वेस्टमिनिस्टर प्रणालीको अभ्यास गर्ने देशमा यो नौलो विषय होइन । एउटा पार्टीले सरकार चलाउँदै गर्दा प्रमुख प्रतिपक्षी दलका नेता छाया सरकारको प्रमुख वा प्रधानमन्त्री र जति पनि क्याविनेट मन्त्रीहरु रहन्छन्, तत मन्त्रालयको जिम्मेवारी दिने गरी छाया मन्त्री बनाउने प्रचलन हो । जसले गर्दा आफ्नो जिम्मेवारीमा परेको मन्त्रालयका विषयमा निगरानीको कुरा मात्र होइन, अध्ययन अनुसन्धान र नयाँ विषयलाई प्रस्तुत गर्न सक्छ । यी कुराले संसदको काम कारबाहीलाई प्रभावकारी बनाउँछ । सरकारको निगरानी राख्न र सहजकर्ताको रुपमा आफ्नो भूमिका राम्रोसँग सम्पादन गर्न सक्छ । यसले संसदको छलफलमा गुणस्तर वृद्धि गर्छ ।

० उसो भए, छाया सरकारको कन्सेप्ट नयाँ होइन ?
– यसको अभ्यास यही नाममा नभएता पनि आ–आफ्नो दलहरुले समिति बनाउने, पार्टीले विभाग बनाउने, त्यो विभागले त्यो क्षेत्र हेर्ने अभ्यास दलहरुले गरेको देखिन्छ । तर, त्यो पार्टीले गर्छ, पार्टीले गर्दा उसको रुचि सरकार र विधायिकाको काममाभन्दा पनि पार्टीभित्रका विभागसँग हुन्छ । जस्तो शिक्षा भन्यो भने शिक्षकसँग काम गर्छन् । अर्थात् संगठनसँग मात्र जोडिन्छ ।

० जतिवटा मन्त्रालय छ, त्यत्ति नै छाया मन्त्री रहन्छन् ?
– जतिवटा मन्त्रालय छ, त्यहाँ छाया मन्त्रीका रुपमा हाम्रा माननीयले काम गर्नुहुन्छ ।

० सरकारलाई निगरानी गर्न हो ?
– संसदभित्र कतिपय विषयमा प्रतिपक्षीको टकराव हुनु अस्वभाविक होइन । छाया सरकार बन्दा वा नबन्दा पनि सत्ता पक्ष र विपक्षबीच सम्झदारी र टकराव भइरहन्छन् । राज्यव्यवस्था भनेको केवल सरकार मात्र होइन, सँगसँगै प्रतिपक्षी भूमिका निर्वाह गरिरहेको दलको पनि आफ्नै जिम्मेवारी हुन्छ । प्रतिपक्षीले पनि आफ्नो भूमिका सही ढंगले निर्वाह गर्न सक्यो भने मात्रै संसदको परिणाम उचित हुन्छ ।
नेपाली कांग्रेस प्रतिपक्षीको भूमिका रहँदैगर्दा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन छाया सरकारको व्यवस्था गर्न लागेको हो । यसले संसदको गुणस्तर बढाउँछ ।

० यो विषयमा पार्टीभित्र छलफल भएको हो ?
– छलफल गर्नेभन्दा पनि गर्ने कर्तव्यको कुरा हो । यसलाई हामी पूरा गर्छौ ।

० संसद र सरकारमा प्रतिपक्षी ?
– अहिले नेपाली कांग्रेसले संसदमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्दैैगर्दा हाम्रो आफ्नो क्षमतालाई अधिकतम प्रयोग गरेर अझै बढी सिर्जनात्मक र प्रभावकारी बनाउनका लागि प्रयास गर्नेछौं ।

० नेतृत्व तहमा यो विषयमा छलफल भएको छ ?
– यो पार्टी संसदीय दलको विधानमा परिसकेको विषय हो । सबैले राम्रो विषय आयो भन्ने कुरा भएको छ ।

० पार्टीभित्रका युवाहरुको पहलले छाया सरकार विधानमा परेको हो ?
– समग्र पार्टीको पुर्नजागरण छुटै विषय हो, छाया सरकार अर्को विषय हो । अहिलेको नयाँ परिवेशमा पार्टीलाई कसरी सुदृढ बनाउने, नयाँ मिसन कसरी तय गर्ने भन्ने विषयमा हामीले काम गरिरहेका छौं ।

० प्रदेशमा पनि छाया सरकार हुन्छ ?
– केन्द्रीय समितिको बैठक आइतबारदेखि सुरु भएको बैठकमा यो कुरा आउँछ, त्यसपछि प्रदेशमा पनि साथीहरुले काम अगाडि बढाउनु हुन्छ । पार्टीले त्यही हिसाबले गराउँछ । प्रदेशमा जतिवटा मन्त्रालय रहन्छ, तत मन्त्रालयमा पार्टीका सांसदहरुले प्रादेशिक छाया सरकार बनाउनु हुनेछ ।हाम्राकुराबाट

आफ्नो भनाइ राख्नुहोस्

Your email address will not be published.

%d bloggers like this: