Digital Newspaper

उडिरहेको जहाजको यात्रुले पाधेपछि इमर्जेन्सी ल्याण्डिङ !

काठमाडौँ । जहाजमा चढेका एक यात्रुले पाधेपछि अचानक जहाज ल्याण्डिङ गर्नुपरेको छ । एक खबरका अनुसार, दुबईबाट नेदरल्याण्ड्को एम्सटर्डमतर्फ उडेको डच एयरलाइन्सको फ्लाइट एकजना यात्रुका कारण अस्ट्रियाको भियनामा इमर्जेन्सी ल्याण्ड गर्नुपरेको हो ।

ट्रान्सेविया एयरलाइन्स एचबी ६९०२ फ्लाइटको हो । जहाजमा रहेका दुई यात्रुले एक व्यक्तिमाथि पाधेर हैरान पारेको र नियन्त्रण गर्ने प्रयास नगरेको भन्दै गुनासो राखे । प्लेनका क्रु मेम्बरसँग गुनासो राखेपनि निरन्तर ग्यास छाडेपछि त्यहाँ झगडा नै शुरु भएको छ । ती व्यक्ति कुनै रोगले ग्रसित थिए या थिएनन् भन्ने कुरा भने खुलेको छैन । यसरी झगडा सुरु भएपछि पाइलटले अचानक प्लेन ल्याण्डिङ गर्नुपरेको हो । त्यहाँ प्रहरीले झगडामा सामेल ४ जनालाई जहाजबाट बाहिर निकालेको थियो ।

ती मध्ये पाध्ने व्यक्ति, छेउका दुई महिला र ती व्यक्तिसँग बसेकी एकजना महिला गरी चारजनालाई प्रहरीले जहाजबाट बाहिर निकालिदिएको थियो ।

आफ्नो भनाइ राख्नुहोस्

Your email address will not be published.

%d bloggers like this: