Digital Newspaper

बडी बिल्डर युवाले किनेर खान्छन् महिलाको दूध

आफ्नै दूध बेचेर लखपति बनिन् राफाएला लाम्प्रोउ
यो दुनियामा नबिक्ने कुरा के पो रहेछ र ? साइप्रसकी एकजना महिला बच्चालाई स्तनपान गराउने आफ्नो दूध बेचेरै लखपति बनेकी छिन् ।

राफाएला लाम्प्रोउ नामकी ती महिला आफ्नो दुध बेचेर लाखौँ कमाउँछिन् । दुई बच्चाकी आमा लाम्प्रोउको दूध किन्नका लागि युवाहरु मरिमेट्छन् ।

खासगरी बडी बिल्डर हुन चाहने युवाको बीचमा उनको दूधको उच्च माग छ । सात महिना अघि उनले दोश्रो बच्चा जन्माएकी थिइन् । बच्चाले स्तनपान गर्दासमेत आफ्नो वक्षस्थलको दूध चुसेर नसकेपछि उनले आफ्नो दूध कसैलाई दान गर्ने सोँच बनाइन् ।

सुरुमा उनले बच्चालाई स्तनपान गर्नका लागि दूध पर्याप्त नआउने महिलालाई आफ्नो दूध प्रदान गर्न थालिन् । तर उनले दुध दान गरिरहेको कुराको चर्चा चलेपछि पुरुषहरुले उनको दूधको माग गर्न थाले ।

शारीरिक सुगठन अर्थात् बडी बिल्डिंगका पारखी युवा उनको दूध खरिद गरेर सेवन गर्न थाले । लाम्प्रोका अनुसार सुगठित शरीर बनाउन चाहने पुरुषका लागि उनको दूध उत्तम हुन्छ ।

सुरुमा उनले दिनमा २ लिटर आफ्नो दूध बेच्न सुरु गरिन् । एक लिटरको १२५ रुपैयाँ बराबरको मूल्य पर्दथ्यो ।

अहिलेसम्म उनले ५०० लिटर दूध बेचिसकेकी छिन् र यसबाट झडै ४५ सय पाउण्ड अर्थात् झण्डै साढे ६ लाख रुपैयाँ कमाइसकेकी छिन् ।

लाप्रउ आफ्नो दूध अनलाइन मार्फत बिक्रि गर्छिन् । उनलाई आफ्नो दूधको व्यापार नशा झैँ लागेको छ र यो व्यापार छाड्न चाहन्नन् ।

एनले आफूले जस्तै दूध बेच्न चाहने महिलाहरुको फेसबुक ग्रूप नै बनाएकी छिन् । आमाहरुको दूधको व्यवसायिक बिक्री नै सुरु गर्ने योजना उनको छ ।

आफ्नो भनाइ राख्नुहोस्

Your email address will not be published.

%d bloggers like this: