#


गान्धारीको दृष्टि पर्दा कालो भएको थियो युधिष्ठिरको नङ, महाभारतको रोचक प्रसंग

  एजेन्सी   २०७५ फाल्गुन २७, सोमबार २२:१७ मा प्रकासित

काठमाडौं – महाभारतको युद्ध समाप्त भएपछि पाण्डवहरू धृतराष्ट्र र गान्धारीलाई भेट्न गएका थिए । त्यतिखेर गान्धारी दुर्योधनलाई अन्यायपूर्वक मारिएकोमा पाण्डवहरूप्रति क्रुद्ध थिइन् । पाण्डवहरू डराउँदै डराउँदै गान्धारीकहाँ पुगे । गान्धारीले दुर्योधन वधको प्रसंग निकालेपछि भीमले भने, ‘मैले अधर्मका साथ दुर्योधनलाई नमारेको भए उसले मेरो हत्या गरिदिन्थ्यो । धर्मयुद्धमा दुर्योधनलाई जित्न सकिँदैनथियो ।’

अनि गान्धारीले युद्धभूमिमा दुःशासनको रगत किन पिउनु उचित थियो त भनी भीमलाई सोधिन् । भीमले उत्तर दिए, ‘दुःशासनको रगत मेरो दाँतबाट भित्र गएन । दुःशासनले द्युतक्रीडाको बेलामा द्रौपदीको कपाल समातेकाले मैले उसलाई मारेर रगत पिउने संकल्प लिएको थिएँ । प्रतिज्ञा पूरा नगरेको भए मैले क्षत्रीय धर्म पालना नगरेको ठहर्थ्यो ।

भीमपछि युधिष्ठिर गान्धारीसँग कुरा गर्न आए । गान्धारी एकदमै क्रोधित भएकाले उनले आफ्नो आँखाको पट्टी खोलेर युधिष्ठिरको गोडाको नङमा पार्दा नङ कालो भयो । त्यो देखेपछि अर्जुन श्रीकृष्णपछाडि लुके अनि नकुल र सहदेव पनि यताउता गए ।

केही समयपछि गान्धारीको क्रोध मत्थर भयो अनि पाण्डवहरूलाई उनले आशीर्वाद दिइन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु