#

अबको राजनीतिमा युवाहरूको भुमिका

  सुवास सुवेदी   २०७५ फाल्गुन २८, मंगलवार १३:५१ गते प्रकासित

बहिनिहरु कक्षामा पस त ! एउटा सूचना छ।

दमक मल्टिपल क्याम्पसका स्ववियु सदस्य सागर जि ले पढाई नभएर बाहिर बसिरहेका केही विद्यार्थी लाई भन्नुभयो ।

दाइ राजनीतिको कुरा चाहिँ नसुन्ने है! एउटि विद्यार्थीले भनिन। सबैले हो हो जनाए।

राजनीतिको कुरा होइन पठनपाठन सम्बन्धि नै कुरा हो भनेपछि ती विद्यार्थीहरु कक्षामा बस्न तयार भए।

दमक पब्लिक लाइब्रेरीले आयोजना गर्ने गरेको उद्यमशील बहसको बिषयमा जानकारी गराउने साथै विद्यार्थी हरुमाझ दमक पब्लिक लाइब्रेरी लाई चिनाउने उदेश्यले केही दिनअघि म दमक मल्टिपल क्याम्पस जादाखेरिको घटना हो यो।

कक्षामा मलाई उनै स्ववियु सदस्य मित्रले दमक पब्लिक लाइब्रेरी बाट आउनुभएको भनी चिनाए र मैले बोल्ने अवसर पाए।

स्ववियु निर्वाचन हुने हल्लाले कलेजको माहोल तताएको थियो। विभिन्न दलिय भातृ संगठन हरु आ- आफ्ना कुरा लिएर कक्षामा आउने अनि पठनपाठन लाई असर गर्ने प्रवृतिले विद्यार्थीहरु आजित भैसकेको स्पष्ट बुझ्न सकिन्थ्यो ।

बोल्न शुरु गर्ने समयमा विद्यार्थी हरुलाइ मैले प्रश्न गरें , म केहिबेर राजनीति को बिषयमा कुरा गर्छु है!

कक्षा भरिबाट एकैस्वरमा जवाफ आयो ना……..इ!
युवाहरुमा राजनीति प्रतिको वितृष्णा पाएर मलाई हाम्रो देशको भविस्य प्रती चिन्ता लागेर आयो र केही भन्नैपर्छ भनी एक मिनेट मात्र राजनीतिको बारेमा बोल्ने अनुमति लिएर भनें।

तपाईं हरुलाइ थाहा छ? एउटा राष्ट्र र उसका जनता कतिको सफल या असफल बन्छन भन्ने कुरा राजनीति मै निर्भर छ। देशलाई धनी, विकसित बनाउने हो या गरिव, अविकसित बनाउने भन्ने कुरा पनि राजनीति मै निर्भर छ। राजनीति आफैंमा फोहोरी खेल होइन तर राजनीति गर्नेहरुको नियत फोहोरी हुनाले हामीलाई राजनीति फोहोर जस्तो लागेको छ त्यसैले राजनीति लाई माया गरौं , फोहोरी मानसिकताका नेतालाई बहिष्कार गर्दै शुद्ध नियत भएका तपाईं हामी जस्ता नागरिक हरु राजनीतिको मुलधारमा प्रवेश गरि यो देशलाई विकसित , समृद्ध बनाउन लागि परौं। यदि यसो गरेनौं भने नेपाल देश एकादेशको कथामा मात्र सिमित हुनेछ ।

यति भन्दा मेरो १ मिनट सकिन लागेको थियो त्यसैले मैले यो कुरालाई सकेर सम्बन्धित उद्यमशील बहस तर्फ नै केन्द्रित भए।

politics is a dirty game … हाम्रो पुस्ताको साझा वितृष्णा जनाउने वाक्य हो यो। कलेज पढ्दा देखि हालसम्म मैले हजारौं पटक यो वाक्य सुनेको छु। जहाँ जहाँ यी वाक्य सुनेको छु, त्यहाँ त्यहाँ मैले भन्नेपनी गरेको छु कि राजनीति आफैमा फोहोरी खेल होइन तर जुन संस्कारले राजनीति लाई फोहोरी खेलको रुपमा स्थापित गरेको छ, त्यो संस्कार लाई नै अब बदल्ने बेला आएको छ र त्यसको जिम्मेवारी नयाँ पुस्ताको युवाकै हो।

राणाशासन ढाल्ने देखि लिएर बहुदल प्राप्ति या लोकतान्त्रिक आन्दोलन जुनसुकै व्यवस्था परिवर्तनका आन्दोलन हरुको नेतृत्व युवाले नै गर्ने गरेका छन। तर अवस्था परिवर्तनको नेतृत्वको निम्ति भने युवापुस्ता तयार नहुनु या विमुख नै हुनु भनेको अत्यन्तै दुर्भाग्यपूर्ण कुरा हो।

४० बर्षको उमेर सम्मका युवाहरुले राजनीति गरे भने बिग्रन्छन भन्ने भ्रमका कारण पनि कतिपय युवाहरु राजनीति तर्फ आकर्षित हुदैनन। सुरक्षीत भविस्यको निम्ति केही गर्ने बेलामा अझ भनौं सम्पती आर्जन गर्ने बेलामा राजनीति गरेर हुन्छ? धेरैको तर्क यो पाएको छु।

म यी कुरामा कहाँनेर सहमत छु भने, यदि अबको राजनीतिले युवा र उद्यम लाई संगै जोड्न सक्दैन भने त्यो राजनीतिले न युवालाई फाइदा गर्छ न त देशलाइ नै।

हिजोको पुरातन सोचले राजनीति लाई पेशाको रुपमा हेर्यो र आफ्नो पूरा समय पुर्णकालिन सदस्य बनेर राजनीति मै समर्पित हुन प्रेरित गर्यो। फलस्वरूप व्यवस्था परिवर्तन हुनासाथ नेतृत्व उच्च पदमा आसिन हुनपुग्यो र विगतमा आफुले गरेको त्यागको रोयल्टी उठाउन पट्टी लाग्यो। राष्ट्रसेवाको प्रमुख उदेश्य भुल्न उ क्षणिक रुपमा बाध्य भयो किनकी उद्यम नगरी राजनीति मा समर्पित हुदा उसले अनेक चरम आर्थिक निराशाको सामना गर्नुपरेको थियो त्यसैले अब उसले गरेको त्यो गल्ती (उद्यमी नबनी राजनीति लाई आफ्नो पुर्णकालिन समय दिएको गल्ती ) सुधार्न उ चाहन्छ। उसको परिवार लाई पनि उ खुशी बनाउन चाहन्छ। आफ्ना वालवालिका लाई राम्रो शिक्षा र सुविधा दिन चाहन्छ। भविस्य आर्थिक रुपले सुरक्षीत बनाउन चाहन्छ। उ बाध्य छ भ्रष्ट बन्न, उ बाध्य छ उसको सपनाको लक्ष लाई क्षणिक रुपमा बिर्सन, उ बाध्य छ घुस लिन र दिन। कारण , उसले गरेको उद्यमरहित पुर्णकालिन राजनीति ।

यहि तथ्यलाइ आधार बनाएर केही स्वघोषित वैकल्पिक नेतृत्व एवं विज्ञहरुले विद्यार्थी र युवा (उमेरको आधारमा बर्गिकृत) हरुले राजनीति गर्नु हुन्न , राजनीतिमा त सामाजिक र आर्थिक हिसाबले सक्षम भैसकेका सम्बन्धित बिषयको विज्ञ हरु आउनुपर्छ भनेर भनेको सुन्दैछु, पढ्दैछु। कुनै दृष्टिकोण बाट यी कुराहरु सहि नै होलान किनकी विचार आफैमा गलत हुदैन।

तर यसमा मेरो केही फरक मत छ। युवाहरूलाई राजनीति गराएर पार्टी वा नेताले त्यसको लाभ मात्र लिने होइन, उनिहरुलाइ उद्यमी बन्न सहयोग गर्दै समाजलाइ उद्यमशील बनाउने पृथक र सृजनात्मक आन्दोलनको नेतृत्व गर्न सक्ने नेतृत्व नै अबको वैकल्पिक शक्ति बन्नेछ । पृथक शक्तिको सिद्धान्त राम्रो भएर मात्र पुग्दैन व्यबहारिक अभ्यास कस्तो छ अबको पुस्ताले सुक्ष्म अध्ययन गर्नेछ। युवाहरूलाई राजनीति बाट टाढा राख्ने होइन सक्षम बनाउदै राजनीति मा लाग्न प्रेरित गर्न सक्नुपर्छ । सदस्य हरुमा अन्तर्निहित नेतृत्व क्षमतालाई गुणात्मक रुपमा बढाउन सहयोग गर्दै समाजका समस्या हरुलाइ स्पष्ट बुझेर कार्यान्वयन गर्नसक्ने सशक्त नेतृत्व उत्पादन गर्ने जिम्मेवारी अबको वैकल्पिक शक्तिले बहन गर्न सक्नुपर्छ। बोल्ने नेतृत्व त धेरै देखियो तर काम गरेर दल, नागरिक र राष्ट्र लाई नै जितजितको बाताबरण तयार गर्नसक्ने वैकल्पिक शक्ति नै यो शताब्दीको निर्विकल्प दिगो शक्ति बन्न सक्छ।

मुलधारको राजनीति गर्न बाट बन्चित गराउने भातृसंगठनको अवधारणा लाई हटाउदै सम्बन्धित बिषयमा खुला बहस गर्दै समस्याको समाधान गर्ने पद्धति विमुलधारको राजनीति गर्न बाट बन्चित गराउने भातृसंगठनको अवधारणा लाई हटाउदै सम्बन्धित बिषयमा खुला बहस गर्दै समस्याको समाधान गर्ने पद्धति विकास गर्नु जरुरी छ। सहभागितामुलक लोकतान्त्रिक अभ्यास मार्फत नै हाम्रो जस्तो मुलुकमा लोकतन्त्र सफल बन्नसक्छ। देशको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्छ । यी लगायत अन्य विविध सामाजिक मुद्दाहरु लाइ अबको वैकल्पिक दलले नागरिकहरुका घर घरमा पुगेर स्पष्ट व्याख्या गर्दै सुसूचित गर्नु अत्यन्तै आवश्यक छ। नागरिकहरुको आवश्यकता र समस्याको पहिचान गरि प्राथमिकताको आधारमा वर्गीकरण गरेर समाधानमुखी व्यबहारिक उदाहरणहरु प्रस्तुत गर्न नसक्ने पार्टीहरुले जनताको मन र मत अब जित्न सक्नेछैनन। व्याख्या भन्दा व्यबहार लाई प्रधान मान्ने पुस्ता हुर्कदैछ, जसले अबको राजनीतिक परिदृश्यलाइ नै परिवर्तन गर्नसक्ने क्षमता राख्छ। नतिजा प्रधान मान्ने एक्काइसौं शताब्दी सापेक्ष नेतृत्व बन्नको निम्ति यो पुस्ताले नेतृत्व लिनैपर्छ किनकी अरुले गरेनन भनेर भन्ने मात्र तर आफू अगाडी नसर्ने प्रवृति हामिमा रहेसम्म यो देश बन्नेवाला छैन बरु निकट भविष्यमा नै विलय हुनसक्ने खतरा नेपाली आकाशमा मडारिइरहेको छ।

त्यसैले राजनीति फोहोरी खेल हो भनेर चुप बस्न हाम्रो पुस्तालाइ छुट छैन , यो देश ढले त्यसको प्रमुख जिम्मेवार हाम्रो पुस्ता ठहरिनेछ, राजनीति गर्ने हरुको फोहोरी नैतिकता लाई चुनौती दिदै उद्यम गर्दै उद्यमी बनाउदै उदाहरणीय राजनीतिक संस्कार स्थापित गर्न आफैं अगाडि सरौं। राजनीति बाट टाढा भाग्ने होइन यसको सदुपयोग गरौं। किनकी हामीले नगरे कसले?? अहिले नगरे कहिले?? विकल्प कति कुर्ने?? अब आफै बनौं । हाम्रै जीवकालमा नेपाल अवश्य समृद्ध बन्नेछ। नेपाल र नेपालीको जय होस।

फेसबुकमा तपाईको प्रतिक्रिया