#


भिडियो कलबाटै ‘डिभोर्स’

  पत्रपत्रिका   २०७५ चैत्र १, शुक्रबार ०७:५६ मा प्रकासित

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका–८ की इस्मा खानले इमोबाट दुबईमा रहेका पतिलाई भिडियो कल गरिन् । कुराकानीका क्रममा श्रीमानसँग समान्य भनाभन भयो । भोलिपल्ट श्रीमानको भिडियो कल आयोे । उनले एकैचाटी ‘तलाक, तलाक र तलाक’ भने । इस्मा अक्क न बक्क भइन् ।

कुनै प्रतिक्रिया दिन सकिनन् । भिडियो बन्द भयो । भिडियो कलबाट श्रीमानले तीन पटक तलाक भनेकै भरमा ८ महिनाअघि ४ वर्षको सम्बन्ध टुट्यो । ३३ वर्षीया इस्मा अहिले मजदुरी गरेर छोरी हुर्काउदै छिन् ।

नेपालगन्ज उपमहानगरपालिका–७ की ३० वर्षीय नाजिया कसघर माइतमा थिइन् । एक दिन पतिको फोन आयो । उनले ‘हेला’ भनिन् । उताबाट पतिले तीन पटक ‘तलाक’ भने । उनले जवाफ फर्काउन सकिनन् । सम्बन्धमा पूर्णविराम लाग्यो । सम्बन्ध विच्छेद भएको मान्दै उनी माइतीघरमै छिन् ।

उनले शारीरिक रुपले अशक्त छोरी हुर्काउने दायित्व सम्हालेकी छिन् । इस्मा र नाजियाजस्ता थुप्रै मुस्लिम महिला सम्बन्ध विच्छेद शब्दैमै स्वीकार गर्छन् । कानुनी प्रक्रिया अपनाउन चाहँदैनन् । समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु