#

दमकमा बिद्यूतको चरम लापरवाहीले एक मजदूर करेन्ट लागेर तारमा नै झुण्डिए , उद्धारपछि भेन्टिलेटरमा

  विष्णुप्रसाद पोखरेल   २०७५ चैत्र १, शुक्रबार १२:२५ गते प्रकासित

विष्णुप्रसाद पोखरेल/दमक/दमकको लाइफलाइन अस्पताल अगाडि बिद्यूतको काम गर्दै आएका मजदुर तारमा एक्कासी करेन्ट प्रवाह हुँदा तारमा नै झुण्डेकाछन् । उनको शरिरका बिभिन्न भागहरु डढेको छ भने उनको स्वास्थ्य अवस्था अत्यन्त क्रिटीकल रहेको जनाईएको छ ।

२५ बर्षिय सुमन खत्री ट्रान्समिटरमा चढेर बिद्यूतको काम गर्दै आएका थिए । उनको साथमा अर्का १९ बर्षिय सुमन खड्का पनि रहेका थिए । एक्कासी तारमा बिद्युत प्रवाह भएपछि खत्रीलाइ करेन्ट लागेको र तारमा नै झुण्डिएको अवस्थामा उद्धार गरिएको जनाईएको छ ।

उद्धारका लागि छेउमा लिस्नो नै नभएका कारण झण्डै १५ मिनेट लागेको स्थानीयहरुको भनाइ रहेको छ । चरम लापरवाहीका कारण यो घटना भएको भन्दै स्थानीयहरु आक्रोशित भएका थिए । खत्रीको अवस्था चिन्ताजनक रहेको उपचारमा कार्यरत डा.खुश्बु प्रीयाले बताएकीछन् ।

लाइफलाइन अस्पताल अगाडि घटना भएकाले तत्काल उनलाइ अस्पतालमा उपचारका लागि लगिएको थियो । अहिले विरामीलाइ भेन्टिलेटरमा राखिएको छ र जुनबेला पनि जे पनि हुनसक्छ डा. खुश्बुले भनिन् ।

अर्का उनका सहयोगी खड्काको अवस्थामा भने सामान्य र खतरामुक्त छ । घाइतेको उपचारमा तत्कालै अस्पतालका सबै चिकित्सकहरु लागि परेका थिए । इमरजेन्सिमा बिरामी पुर्याएपछि सबै चिकित्सकहरुको सक्दो प्रयासले कृत्रिम श्वास दिन सकिएको बताईएको छ ।

हेर्नुहोस भिडियो 

फेसबुकमा तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु