#

बिप्लवले अब के गर्लान ? यस्तो छ तयारी

    २०७५ चैत्र १, शुक्रबार १५:५७ गते प्रकासित

सरकारले आफ्ना गतिविधि प्रतिबन्ध लगाएपछिको अवस्था र भावी रणनीति तय गर्न नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पोलट्ब्यिुरो बैठक बोलाएको छ ।

बैठक शुक्रबारबाट सुरु भएको छ । विप्वल समूहलाई सरकारले मंगलबार आपराधिक समूह किटान गर्दै मन्त्रिपरिषद बैठकबाट प्रतिबन्धको निर्णय गरेको थियो । सो समूहका एक पोलिट्ब्युरो सदस्यले अकस्मात नयाँ परिस्थिति खडा भएकाले आगामी दिनमा सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।

उनका अनुसार मुलुकभित्रै ज्ञात स्थलमा बस्ने पोलिट्ब्युरो बैठकले सरकारले आफ्नो समूहलाई लक्षित गरी एकतर्फी रुपमा युद्ध घोषणा गरेकाले ‘बन्दुकको जवाफ बन्दुकले दिने’ रणनीति बनाइने उल्लेख गरे ।

‘सरकार जसरी प्रस्तुत हुन्छ, हामी त्यसरी नै प्रस्तुत हुनुपर्ने भएको छ’, उनले भने, ‘हामी सरकारको सैन्यवादी चरित्रलाई प्रतकार गर्ने निर्णय गर्दैछौं । उनका अनुसार विप्लवलाई तत्काल ‘दोश्रो जनयुद्ध’ घोषणा गरेर जान पार्टीभित्रका बहुमत नेताहरुको दबाब छ ।

तर, विप्लव भने परिस्थितिको अथप आंकलन गरेर मात्र त्यसबारे निर्णय लिने मनस्थितिमा छन् । यद्यपि उनले विज्ञप्तिमार्फत सरकारले एकतर्फी युद्ध घोषणा गरेको भन्दै त्यसको जवाफ दिइने बताइसकेका छन् ।

Sourse-http://kathmandutoday.com/2019/03/372151.html

फेसबुकमा तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु