#

च्याम्पियन्स क्वाटरफाइनलको पहिलो लिग आज स्पेन र इङल्याण्डका खेल्दै

    २०७५ चैत्र २७, बुधबार १६:५२ मा प्रकासित

काठमाडौँ । च्याम्पियन्स लिगमा क्वाटरफाइनलको पहिलो लिग अन्तर्गत आज स्पेन र इङल्याण्डका दुई ठुला क्लब बार्सिलोना र म्यानचेस्टर युनाइटेड एक अर्काविरुद्ध खेल्दै छन् । म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा हुने यो खेल नेपाली समय अनुसार १२:४५ बजे शुरु हुने छ ।

बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ मा फ्रेन्च क्लब लियोनलाई पहिलो लिगमा बिना कुनै गोल बराबरी र दोस्रो लिगमा ५-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ ले जित हासिल गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

त्यस्तै म्यानचेस्टर युनाइटेडले पनि फ्रेन्च क्लब पिएसजीसँग पहिलो लिगमा २-० ले पराजित भएको थियो भने दोस्रो लिगमा ३-१ ले पिएसजीलाई पराजित गर्दै समग्रमा ३-३ गोल भएपनि अवे गोलका आधारमा क्वाटरफाइनलमा पुगेको हो ।

बार्सिलोनाका प्रशिक्षक इर्नेष्टो भलभेर्डोले युनाइटेडविरुद्ध अवे गोलले अग्रता लिने प्रयास गर्ने बताए । भलभेर्डोले युनाइटेडले पछिल्लो खेलमा पिएसजीविरुद्ध उत्कृष्ट खेल देखाएर क्वाटरफाइनलमा पुगेकाले आफुहरुले युनाइटेडलाई हल्का रुपमा नलिने बताए ।

त्यस्तै युनाइटेडका प्रशिक्षक ओले गुनार सोलस्कजयरले बार्सिलोनाजस्तो प्रतिद्वन्दीविरुद्ध खेल्दा आफ्नो खेलस्तरलाई सुधारेर खेल्नुपर्ने बताए । उनले बार्सिलोनाविरुद्ध आफुहरु बराबरी खेल्न सके आफुहरु खुशी हुने बताउदै उनले पहिलो लिग बराबरी भए दोस्रो लिगमा अर्को मौका पाउने बताए ।

म्यानचेस्टर युनाइटे बार्सिलोनाविरुद्ध अहिलेसम्म ८ खेलमा एक खेल जितेको छ । बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई सन् २००९ र २०११ मा च्याम्पियन्स लिगको फाइनलमा पराजित गरेको थियो ।

म्यानचेस्टर युनाइटेडका राशफोर्डको एन्कलमा इन्जुरी भएपनि उनी खेल्ने सम्भावना रहेको छ । त्यस्तै बार्सिलोनाका उसमान डेम्बेले युनाइटेडविरुद्ध फिट भएको क्लबले जनाएको छ भने रफिन्हा युनाइटेडविरुद्ध खेल्ने छैनन् ।

आफ्नो क्यारियरकै उत्कृष्ट फर्ममा रहेका लियोनेल मेसीलाई रोक्न युनाइटेडलाई मुश्किल हुने देखिन्छ । मेसीले लगातार संकटमा रहेको बार्सिलोनालाई खेलको अन्त्यमा सो संकटबाट निकालेर जित दिलाउने गरेका छन् । दुवै टिम आत्मविश्वास उत्कृष्ट रहेको अहिलेको अवस्थामा मेसीका कारण बार्सिलोनाको जित्ने सम्भावना अलिकति बढी देखिन्छ ।

बार्सिलोना र म्यानचेस्टर युनाइटेडको क्वाटरफाइनलको विजेताले सेमिफाइनलमा लिभरपुल र पोर्टोको विजेतासँग खेल्ने छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

Loading…

सम्बन्धित शीर्षकहरु