#


विश्वकप छनौट खेलमा मलेशियालाइ हराउदैै नेपालको जीत

    २०७६ बैशाख २, सोमबार ११:५० मा प्रकासित

काठमाडौं, वैशाख २ । आईसीसी अन्डर–नाईन्टीन एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।

मलेसियाले नेपालसामू ९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि मलेसियाले पहिले ब्याटिङ गर्दै ९२ रन बनाएको हो । मलेसियाले ३३ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै उक्त योगफल तयार पारेको हो ।

नेपालले १३ ओभरमा दुई विकेट गुमाएर ९५ रन बनाउँदै जित हासिल गरेको हो ।

नेपालको जितमा प्रारम्भिक ब्याट्सम्यान रित गौतमले सर्वाधिक ३९ रन बनाए । अर्का प्रारम्भिक ब्याट्सम्यान पवन शर्राफ भने १९ रन बनाएर बाहिरिए । त्यस्तै आसिफ शेखले २९ रन बनाए ।

मलेसियाका लागि इज्जात डानियल फिक्रीले सर्वाधिक ३७ रन बनाए । त्यस्तै मोहम्मद अमिरले १३ र हाकिम हरिसनले १० रन बनाए ।

नेपालका लागि बलिङतर्फ पवन शर्राफ र कुशल मल्लले तीन–तीन विकेट लिए । कमलसिंह ऐरीले दुई विकेट हात पारे भने सागर ढकालले एक विकेट लिए ।

तीनवटा म्याच खेलेको नेपालको यो दोस्रो जित हो । जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु