#


आज र भोलीको मौसमबारे यस्तो छ पुर्वअनुमान

    २०७६ बैशाख २, सोमबार १२:०० मा प्रकासित

काठमाडौं, २ वैशाख । आज (सोमबार) काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पूर्वी र मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको उसको भनाइ छ । सोमबार अपरान्हपश्चात देशको पूर्वी तथा मध्य भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले निकालेको बुलेटिनमा उल्लेख छ ।

पश्चिमी वायु सक्रिय भएकाले मंगलबार दिनभरजसो देशभरको मौसम बदली हुने र भीषण वर्षा हुने प्रक्षेपण गरिएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु