#


प्रधानमन्त्रीबाट हस्तान्तरित प्रमाणपत्र नक्कली

  सवाल नेपाल   २०७६ बैशाख ३, मंगलवार ०७:०९ मा प्रकासित

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्तरण गरेको ‘वल्र्ड बुक अफ रेकर्ड’ (डब्लुबिआर) प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।

सबैभन्दा सस्तो शुल्कमा शिक्षा प्रदान गरेबापत प्राप्त सो प्रमाणपत्र के लेखिएको छ भनेर हस्तान्तरण गर्नेहरुले ध्यान दिएको पाइएन । उनीहरुले हस्तान्तरण गरेको प्रमाणपत्र नक्कली थियो ।
प्रमाणपत्रमा सन्तोष शुक्ला नाम गरेको व्यक्तिले उक्त विश्व रेकर्डलाई प्रमाणीकरण गरेका छन् । उनलाई भारतको सर्वोच्च अदालतको वकिल भनेर उल्लेख गरिएको छ । तर गुगलमा उनका बारेमा सर्च गर्दा उनको संलग्नता वल्र्ड बुक अफ रेकर्डको प्रमाणीकरणमा मात्र देख्न सकिन्छ । उनको नाम सर्वोच्च अदालतको वकिलको सूचीमा पनि छैन ।

डब्लुबिआरका नेपाल प्रतिनिधि सागर कट्वाल शुक्ला भारतको सर्वोच्च अदालतको पूर्णकालीन वकिल नभई आंशिक रुपमा मात्र कानुन व्यवसायमा संलग्न रहेको बताउँछन् । समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु