#


कथा ,आत्महत्या भाग – १०

    २०७६ बैशाख ८, आईतवार १५:५५ मा प्रकासित

लेखक – बचन राज जोशि
रातिको करिव १ बजेको हुँदो हो मेरो मोबाइल को घन्टी बज्यो,,खल्तिबाट मोबाइल निकालेर हेरेको मधुको फोन थियो,,मलाइ आज थुप्रो कुराहरू भन्न मन थियो उस्लाइ,,थुप्रै प्रश्नहरू को उत्तर खोज्न पर्ने थियो,,रिसले आज मौनता मा हैन बोलेर नै भन्न पर्ने थियो,,रिसले हतारिदै फोन उठाएँ,,,,
म – हेलो

मधु – उम्म के गर्दै हुनुहुन्छ नि ? खानो भो त ?
म – आज दिनभरि एकचोटि पनि मेरो फोन उठाइनौ, दिनभरी को सङ्ग ब्यस्त थियौ ? मैले उस्को प्रश्न को बेवास्ता गर्दै भने

मधु – कता ब्यस्त थिएँ र म ?

म – कति झुट बोल्छौ है मधु, म तिमिलाइ आफू भन्दा पनि बढी बिश्वास गर्थें अब त बिश्वास गर्न नि डर लाग्दैछ !!

मधु – त्यस्तो हैन के, घरबाट फोन गर्नु भएको थियो त्यसैले हो !
म – दिनभरि त्यति घरबाट फोन गरेको मैले आज सम्म कसैको देखेको छैन झुट नबोल है मधु
मधु – घरबाट नै फोन गर्नु भएको थियो के, हजुर को कस्सम,, भो नि अब त
म – भो झुटो कसम नखाउ

मधु – plzzz बिश्वास गर्नु के म हजुर भन्दा बाहेक अरु कुनै केटा सङ्ग बोलेकी नै छैन मेरो सुरुवात नि हजुर हो अनि अन्त्य नि हजुर,, एक दिन फोन भएन भनेर म मा यति संका नगर्नु न हजुर
म – उम्म ,,,संका गरेको हैन मधु तर तिमि प्रती को मेरो माया अधिक छ त्यसैले डर लाग्दैछ ,,केही गरि तिमी म बाट टाढा भयौ भने म पानी बाट छुटाएर बालुवा मा फालिएको माछा जस्तै हुनेछु, तड्पिनेछु निकै बेर अनि मर्नेछु ।

मधु – सधैं मर्ने कुरा नगर्नु है हजुर भन्देकि छु,,यस्तो कसरि सोच्नु हुन्छ कि म हजुर बाट टाढा हुन्छु भनेर,,म पनि त हजुरलाइ उत्तिकै माया गर्छु जति हजुर मलाइ माया गर्नु हुन्छ,,कहिलेकाही घरबाट फोन आउन्छ दाइ भाइ को फोन आउन्छ अनि फोन भएन भनेर यति संका गर्नु हुन्छ ?

म – sorry है, मधु
मधु – हस तर यति संका नगर्नु है भन्देकी छु,,म रोइदिन्छु नि फेरि ?
म – Sorry बाबा sorry ,,मैले यता कान नि समाती सके अब त माफ गर न है मधु
मधु – हस् हजुर,,,ल अहिले निन्द्रा लाग्यो म सुतेकी हजुर नि सुत्नु है
म – हस् ,,,

यति भनेर फोन काटियो,,मलाइ यस्तो लाग्यो कि ब्यर्थै संका गरेर मधुको मन दुखाएछु,,,अब यसरी संका गरेर म कहिल्यै मन दुखाउने छैनं,,
फेरि एकचोटि उस्को अनुहार हेर्न मन लाग्यो,,खोलेँ मोबाइलको ग्यालरी अनि open गरेँ उस्को फोटो,,,जति हेरे पनि हेरिरहुँ लाग्ने, उस्कै फोटो हेरेर उस्कै यादमा डुबिरहन्थेँ,,अनि घन्टौंसम्म हेरेर छातिमा राखेर म सुतेको पत्तै भएन,,

बिहानै निन्द्रा खुल्यो,, मधुलाइ गुड मर्निङ भनेर म्यासेज गरेँ तर रिप्लाइ भएन,,,फ्रेस भएर चिया पिएँ,,एकछिन पछि खाना खाएर म ओछ्यान मा पल्टिँए,,,मधुलाइ फोन गर्न मन लाग्यो फोन लगाएँ,,,चसक्क मन दुख्यो,,,आज पनि हिजो जस्तै call wating नै थियो,,तर हिजो मधुले भनेको कुरा सम्झिएर त्यति मन दुखाउन जरुरत लागेन,,दिउँसो खाजा खाएर फोन गरेको फेरि अघिको जस्तै भनौं कि हिजो जस्तै उही ब्यस्त नै देखायो,,,मनमा डर बढिरहेको थियो,,कतै मधु ले मलाइ छोड्न त लागेकि छैनन् ? मनमा यस्तै यस्तै प्रश्नहरु खेलिरहेका थिए,,,मन खल्लो भएको थियो,,,
जसरी प्याज बिनाको तरकारी खल्लो खल्लो हुन्छ तर भयो भने पनि फेरि रुवाइ दिन्छ नि, हो ठिक त्यसै गरि यो प्रेम भन्ने चिज पनि प्याज जस्तै हुँदो रहेछ प्रेम नभयो भने पनि प्रेम बिनाको जिन्दगी नै खल्लो खल्लो हुन्छ फेरि कसै सङ्ग प्रेम बस्यो भने पनि बेला बेला रुवाइ रहने रहेछ,,,
आज पनि दिनभर मधु को फोन हिजो जस्तै ब्यस्त नै भयो,,साझ पर्यो खाना खान मन फिटिक्कै थिएन,,,तातो पानी तताएर खाएँ,,

एकचोटि फेसबुक खोल्न मन लाग्यो,,,मोबाईल को facebook apps लाइ open गरे ,, आज मधुले फेसबुक मा फोटो अप्लोड गरेकी रहेछ,,मैले लभ वाला रियाक्ट गरेर कमेन्ट गरिदिएँ,,त्यो फोटोलाइ मैले मोबाईलमा सेभ पनि गरेर राखे,,,उस्को सबै फोटोहरु ले नै मेरो मोबाइल भरिएको थियो,,मोबाईल को कुना कुना मा उस्कै फोटोहरु थिए थिए,,मोबाइलको कुना कुना मा मात्र हैन मेरो यो दिल को कुना कुना मा उस्कै तस्वीर टासिंएका थिए,,,,

मैले फेरि पनि उस्लाइ फोन गर्न लागे तर अझै पनि ब्यस्त नै थियो,,म फेरि फेसबुक तिर नै लागे,,,एकैछिन पछि मेरो फेसबुक मा एउटा friend request आयो,,खोलेर हेरेको आभास उप्रेती थियो,,,प्रोफाइल पिक्चर हेर्नको लागि उस्को प्रोफाल हेरेको कता चिने चिने जस्तो लाग्यो,,,अँ…….त्यो त अस्ति नेपालगन्ज देखि आउँदा बाटोमा भेटिएको मेरै सिट मा परेको मान्छे थियो,,,मैले request accept गर्दिएँ,,एकैछिन मा उस्ले नै message गर्यो,,
आभास – हाइ

म – हेलो
आभास – चिन्नु भो मलाइ ? अस्ति…यात्रा …नेपालगन्ज
म – उम्म उम्म चिने नि किन न चिन्नु र ?
आभास – के छ खबर सन्चै हुनुहुन्छ ?
म – उम्म सन्चै छु, तपाईंको भन्नू ?
आभास – म पनि सन्चै छु,, यता सुन्नु न ?

म- हजुर भन्नुस् न ?
आभास – तपाई मधु पोख्रेल लाई चिन्नु हुन्छ र ? उस्को फोटोमा कमेन्ट गरेको देखेर सोधेको हो अन्यथा नलिनु है,,
म – चिन्छु नि किन नचिन्नु र ,,
आभास – के पर्छन मधु तपाईंको ?
म – मिल्ने साथी💕 अनि तपाई नि चिन्नु हुन्छ र मधुलाइ ?
आभास – उम्म चिन्छु नि किन नचिन्नु र , ३ बर्ष जति भो कुरा हुन थालेको,,म – के पर्छन र तपाईंको ?
आभास – अहिले सम्म त साथी मात्रै हुन् , अबको केही दिन पछि हाम्रो बिहे हुँदैछ ,,,हामी प्रेम सम्बन्ध मा बाधिएको नि धेरै भैसकेको ले उसैले नै कर गरेर मलाइ बिदेश बाट बोलाएकी,,हिजो मात्र नेपाल पुगेको ,,अब बिहे पछि उसलाई लिएर म बिदेश जान्छु होला,,,

उस्को यो message ले म बसेको पुरै जमिन हल्लियो, हात खुट्टा मा कत्ती पनि बल थिएन सबै शक्ति सकियो,,मन मुटु ढुकढुक भयो,,आँखा ले वरपरका केही पनि बस्तु देख्न छोड्यो,,ओठ सुकेर जङ्गलको पतझर जस्तै भयो,,हात काप्दै थिए, नजिकैको टेवल बाट पानीको बोतल समातेर पानी पिएँ,,,सपना हो कि बिपना हो ठम्याउन हातले आफ्नै शरीर लाई बेस्सरी चिमोठे,,हैन रहेछ सबै बिपना नै रहेछ ।।
के मधुको अर्कै केटा सङ्ग पनि पहिले देखि नै प्रेम सम्बन्ध थियो र ? के मधुले मलाइ झुटो माया गरेकी थिन र ? अर्को हुँदा हुँदै पनि मधुले किन म सङ्ग प्रेम को नाटक गरिन ? आँखा बाट आँसु को थोपा बगाउँदै अनुत्तरित प्रश्न म आफैले आफैलाइ गरिरहेको थिएँ ,,,
जसो तसो सम्हाल्दै एकचोटी मधुलाइ फोन गर्न लागेँ,,फोन लाग्यो,,,,लगत्तै उनले फोन उठाएर हेलो भनिन् ,,
क्रमशः

यो भन्दा पछिल्ला भागहरु यहि पेजबाट पोस्ट हुने भएकोले कथालाई निरन्तरता दिन यो पेज लाइक गर्न नभुल्नु होला,,,,

नोट – कथा कस्तो लाग्यो त ? दुइ मिनेट समय निकालेर भएपनी आफ्नो प्रतिक्रिया दिन हुन सम्पुर्ण पाठक हरु प्रती अनुरोध गर्दछु ,,
शेयर को खाचो छ,,, कथालाई शेयर गरेर माया गरिदिनु होला💕💕💕

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु