#


धुवाँधूलोका कारण स्वास्थ्यमा हुने समस्याहरूबाट बच्ने आयुर्वेदिक उपाय जान्नुहोस्

    २०७६ बैशाख ८, आईतवार १६:४२ मा प्रकासित

बढ्दो प्रदुषण नरोकिए धुवाँधूलोकै कारण आगामी दिन मानिसको स्वास्थ्य स्थितीमा गम्भीर असर पर्ने विज्ञहरूले चेतावनी दिएका छन् । चेतावनीका कारण मानिसमा आफ्नो र आफन्तको स्वास्थ्य बारे चिन्ता बढेको छ । बढ्दो जनसंख्या र तिव्र रुपमा भइरहेका विकास निर्माणका गतिविधिले विश्वभर प्रदूषणको मात्रा बढ्दो छ | तर, यि खतरनाक समस्याबाट राहत पाउन आयुर्वेद विशेषज्ञहरूले केहि सुझाब र उपाय बताएका छन् । यि सुझाबको व्यवहारिक प्रयोगबाट तपाईं हामी सजिलै धुवाँ धूलोका कारण हुने स्वास्थ्य समस्याबाट टाढै रहन सक्छौं ।

यस्ता छन् प्रदूषणजन्य रोगबाट जोगाउने आयुर्वेदिक तत्वहरू

निम सेन्ट्रल आयुर्वेद क्याम्पस विजौरी दाङ्गका प्रशिक्षक डा.अमित कर्णका अनुसार निमको पातलाई पानीमा उमालेर उक्त पानीले छाला धोए धुवाँ धूलोजन्य संक्रमणबाट बच्न सकिन्छ । यसले छालामा भएको धूलोका कण सफा पार्छ । सातामा कम्तीमा दुई देखि तीन पटक निमको पात ३ देखि ४ वटा खानु स्वस्थकर मानिन्छ । यसले रगत सफा गर्नमा मद्दत गर्छ ।

डा. कर्णले प्रत्येक घरमा तुलसी रोपेर पनि धुवाँधूलो नियन्त्रण गर्न सकिने बताएका छन् । यसबाहेक दैनिक १०–१५ मिलिलिटर तुलसी पत्ताको रस पिउन सके त्यसले श्वासप्रश्वास प्रक्रियालाई सहज बनाउँछ ।आधा चम्चा बेसारको धुलोमा एक चम्चा घ्यू वा मह मिसाएर बिहान बेलुका खाली पेटमा खादा पनि शरीर स्वस्थ हुने डा. कर्णको सुझाब छ । यसले शरीरमा भएका प्रदूषणलाई सफा गर्नमा सहयोग गर्छ ।

डा. कर्णका अनुसार बिहान नाकमा गाईको घ्यू दुई थोपा राख्नाले प्रदूषित कणहरू सफा हुन्छन् । दैनिक दुईदेखि तीन चम्चा घरमै बनाएको घ्यू सेवन गर्नु पनि फाइदाजनक हुन्छ । यसले सिसा र पारो जस्ता धातुको विषाक्त प्रभावलाई गायब गर्न सहयोग गर्छ । साथै ती धातुका कणलाई हड्डि, मिर्गौला र कलेजोमा जम्मा हुन दिदैन ।

फोक्सो, मुटु, मिर्गौला र मानसिक स्वास्थ्यमा प्रदूषणले कसरी असर गर्छ ?

सामान्यतः प्रदूषणका कारण श्वासप्रश्वासको समस्या निम्तने ठानिन्छ । तर फोक्सो, मुटु, मिर्गौला र मानसिक स्वास्थ्यमा पनि प्रदूषणले असर पार्छ । त्यसमध्येमा पनि सबैभन्दा बढी असर फोक्सोमै पर्छ । हामीले श्वास फेर्दा हावामा भएको हानिकारक तत्व फोक्सोसम्म पुग्छ र त्यसले गम्भीर समस्या निम्त्याउँछ ।

विश्व वातावरण दिवसका अवसरमा प्रदूषणले फोक्सोमा पर्ने असरबारे थाहा पाऔं

प्रदूषणले फोक्सोमा कति प्रभाव पर्छ भन्ने कुरा वरीपरीको हावामा कति रासायनिक पदार्थ मिसिएको छ भन्नेमा निर्भर गर्छ । श्वासप्रश्वासका बिरामीलाई त प्रदूषणसबैभन्दा बढी खतरनाक हुन्छ । लामो समयसम्म प्रदूषणयुक्त वातावरण, जस्तै सडक तथा उद्योग वरपर बस्नेलाई फोक्सोको समस्या हुने डर हुन्छ ।लामो समयसम्म प्रदूषणमा रहनेहरुलाई फोक्सोको संक्रमण, क्यान्सरजस्ता श्वासप्रश्वाससम्बन्धी कयौं खालका रोग लाग्ने खतरा हुन्छ । गाडीबाट निस्कने धुँवाबाट दम पनि हुनसक्छ । प्रदूषणको सम्पर्कबाट ब्रोङकाइटिस, एम्फीसीमा र दम रोगीहरुको स्थिति झन् बिग्रन सक्छ ।

प्रदूषण र मुटुका बिरामी

वायु प्रदूषणबाट फोक्सोका साथै मुटुमा पनि प्रभाव पर्छ । प्रदूषित वातावरणमा लामो समय बिताउनेहरुको मुटु कमजोर हुन्छ । एक अध्ययनअनुसार हावामा पाइने सुक्ष्म कणले मुटुको कार्यप्रणालीमा नकारात्मक असर पर्छ, जसका कारण इलेक्ट्रोनिक संकेत दिने क्षमता प्रभावित हुन्छ । सडकमा बढ्ने ट्राफिक र वायु प्रदूषणबाट हृदयाघातको खतरा पनि बढ्छ ।

घरमा हुने प्रदूषण बढी खतरनाक

घरमा हुने वायु प्रदूषण पनि खतरनाक हुन्छ । एक अध्ययनअनुसार खाना पकाउने, चिसो मौसममा कोठा तातो राख्न प्रयोग हुने इन्धन फोक्सोका लागि बढी खतरनाक हुन्छ । यसबाट फोक्सोको प्रतिरक्षण क्षमता कमजोर हुन्छ ।धूमपानबाट पनि फोक्सोलाई सबैभन्दा बढी हानी पुग्छ । बढी धूमपान गर्नेलाई फोक्सोको क्यान्सर र श्वासप्रश्वासजन्य समस्याको खतरा बढी हुन्छ । बढीजसो गर्मी महिनामा केही स्थानमा ओजोन र अन्य खालको प्रदूषक स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

प्रदूषणबाट बच्ने उपाय

घरबाहिर निस्कँदा मुखमा मास्क लगाएर निस्कनुपर्छ ।
सडक क्षेत्रको घर छ भने झ्यालढोका बन्द गर्ने या एयर प्युरिफायरको प्रयोग गर्नुपर्छ ।
घर आसपास कारखाना या रासायनिक उद्योग छ भने हावाको सम्पर्कमा कम आउनुपर्छ ।
आँखाको प्रदूषणबाट बचाउन घरबाहिर निस्कँदा ठूलो खालको सनग्लास लगाउनुपर्छ ।
दमका रोगीले सधैं इन्हेलर साथमा राख्नुपर्छ ।

११ संगठन (डब्लुएचओ) का अनुसार प्रदूषणका कारण विश्वभर हुने मृत्युमध्ये भारतमा सबैभन्दा बढी मृत्यु हुने गरेको छ । विगत केही वर्षयता प्रदूषणबाट दम, दीर्घ खोकी, फोक्सोको क्यान्सर, ब्रोङकाइटिस, टाउको दुख्ने, मुटुको धड्कन असामान्य हुने र हृदयाघातका रोगीको संख्या तीब्र रुपमा बढिरहको डब्लुएचओले जनाएको छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

हाम्राे शरीरकाे धेरै रोग जिब्रो हेरेरै पत्ता लाग्छ

तपाईं उपचारको लागि कुनै चिकित्सककहाँ पुग्नु भयो भने उसले पहिला तपाईको कुरा सुन्दै नोट गर्छ । त्यसपछि परिक्षणको लागि मुख बाउन लगाउँछ र जिब्रो बाहिर निकाल्न भन्छ । अनि टर्च लाइट बालेर जिब्रोलाई राम्रोसँग नियाल्छ ।टाउको, पेट दुखेको होस् या शरिरमा अन्य समस्या नै किन नहोस । चिकित्सकले जिब्रोको अवस्था हेर्न छुटाउँदैन । तपाईंले कहिल्यै सोच्नुभएको छ कि चिकित्सकले किन जिब्रोलाई यति धेरै महत्व दिन्छन् ?

जिब्रोको अर्को पाटो

जिब्रो पाँच ज्ञानेन्द्री यमध्येको एक हो । जिब्रोको काम शब्दको ऊच्चारणमा सहयोग गर्ने, बोल्ने र खानेकुराको स्वाद छुट्टयाऊने मात्र होइन । जिब्रोले स्वास्थ्य समस्याको बारेमा पनि संकेत दिने गर्छ ।जिब्रोको अवस्था हेरेर सजिलोसँग स्वास्थ्य समस्याबारे थाहा पाउन सकिन्छ । जिब्रोलाई पेटको दर्पणको रुपमा पनि लिइन्छ । यसले पाचनसम्बन्धी समस्यालाई प्रतिबिम्बित गर्नुका साथै पाचन प्रणालीको गडबडी र अन्य खरावीलाई पनि देखाउने गर्छ ।

प्राचिनकालमा बैद्य अर्थात आयुर्वेदिक फिजिसियनहरुले जिब्रो, नाडि, हात र खुट्टाका नङ तथा कपालको परिक्षण गरी गम्भीर रोग पनि पत्ता लगाउँथे । यसरी नै उनीहरुले क्षयरोग, मस्तिष्क रोग, छारे रोग, पेट सम्बन्धी रोगको सफल उपचार पनि गर्थे ।

विरामीले झुटो बोलेर रोग लुकाउन खोजे पनि जिब्रोमा हुने परिवर्तनले यसलाई लुकाउन दिँदैन । यद्यपि एलोप्याथिक औषधिको सेवन गरिरहेको वा कुनै जडिबुटीको सेवन गरिरहेको अवस्थामा पनि जिब्रोको रङ परिवर्तन हुन सक्छ ।

अहिले पनि आधुनिक चिकित्सा (एलोप्याथिक) ले भने रोग निदानको उद्देश्य बाहेक बिरामीको जिब्रोलाई त्यति महत्व दिँदैन, जति आयुर्वेदिक, होमियोप्याथिक र युनानीमा दिइन्छ । तर, होमियोप्याथिक चिकित्सकलाई बिरामीको जिब्रोले महत्वपुर्ण जानकारी दिने गर्छ । यसकै सहायताले चिकित्सकले औषधिको निर्देश पत्र लेख्छ ।

रोगअनुसार जिब्रोमा परिवर्तन

जिब्रो मोटो, पहेँलो तथा किनारमा दाँतका निशानहरु देखिन्छन् भने त्यस्ता व्यक्तिमा रगतको निकै कमी भएको हुन सक्छ । त्यस्तै, जिब्रोमा देखिने कालो दागले ऊच्च रक्तचापको समस्या भएको जनाउ दिन्छ ।

अपचले गर्दा पित्त बढेर टाउको दुख्नुका साथै आँखाको दृष्टि क्षमतामा पनि समस्या सृजना गर्छ । पेटमा भएको बायुविकारले मुटुको धड्कनलाई बढाउने, छातीमा दुखाई हुने गर्छ । यस्ता समस्याको संकेत जिब्रोमा सहजै देख्न सकिन्छ । त्यति मात्र नभएर जिब्रोले अंगहरुले गरिरहेको कामबारे पनि जानकारी दिन्छ ।अर्द्ध पक्षधात भएमा जिब्रोको अघिको भाग सुक्ने गर्छ । त्यस्तै, पहेँलो र चिल्लो जिब्रोले रगतसम्बन्धि बिकारलाई इंगित गर्छ ।

जिव्रो निलो छ भने मुटुसम्बन्धि (ईमप्युअर अक्सिजन) समस्या भएको थाहा लाग्छ । मानिसको मन, शरिर, भावनासमेत पाचन प्रणालीबाट प्रभावित भएको हुन्छ । जस्तो कि हाइपरएसिडिटी प्रायः ब्यक्तिको तनावसँग जेडिएको हुन्छ । त्यसैले जिब्रोले पूर्ण शरिरलाई नै वताउने गर्छ ।

यदि पेटको माथिल्लो भाग दुखिरहेको छ भने त्यस्ता व्यक्तिको जिब्रोमा चमक देखिन्छ । त्यस्तै, जिब्रोमा चिनीका मसिना कणजस्ता चम्किला थोप्लाको निशान छ भने पेटमा जुका परेको हुन सक्छ । जिब्रोका केही अवस्थाले ब्यक्तिको शरिरमा रहेको मात्र नभएर सम्भावित रोगबारे भबिष्यबाणी पनि गर्न सकिन्छ । डढेको जस्तो, रातो, कालो वा सेतो रंगको जिब्रोलाई मुखमा किटाणुको संक्रमण भएको लक्षणका रुपमा लिईन्छ ।

त्यस्तै, एलर्जि भएमा जिब्रो सुनिने गर्छ । लामो समयसम्म एन्टिबायोटिक औषधिको प्रयोग तथा एचआईभी (एड्स) बाट संक्रमित भएका मानिसको मुखमा ढुस्सी (फगंस) को संक्रमण हुने गर्छ । यस्ता व्यक्तिको जिब्रो कालो र रगंहिन हुन्छ ।

जिब्रोको सतहमा लामा र गहिरा धर्साहरु (चिरा) भएमा भिरंगी (सिफिलिस) जस्ता यौन रोग लागेको पनि हुन सक्छ । त्यस्तै, जिब्रोमा पटक-पटक घाउ भएमा त्यो पेटको जटिल रोग -क्रोनिक डिजिज) को लक्षण हो ।

जिब्रोले राम्रोसँग स्वाद थाहा नपाउने समस्या भएमा भिटामिन बी १२ र फलाम तत्वको कमी र रक्तअल्पता भएको भएको शंका गर्नुपर्छ । ज्वरो, खोकी, जन्डिस, रक्तअल्पता, टाउको-पेट दुख्नेजस्ता समस्या पनि मानिसको जिब्रो हेरेरै पत्ता लगाउन सकिन्छ ।

जिब्रोको कुन भाग कुन अंगसँग जोडिन्छ ?

एउटा स्वस्थ व्यक्तिको जिब्रोको रङ गुलाबी, सफा र पातलो हुने गर्छ । र, यस्तो जिब्रो स-साना टुस्सा (प्यापिलि) ले भरिएको हुन्छ । आयुर्वदिक चिकित्साअनुसार जिब्रोको विभिन्न भागले फरक-फरक अंगबारे जानकारी दिने गर्छ ।

जिब्रोको सतहले मेरुदण्ड, दाहिने र देब्रे छेउको भागले मिर्गौला, सतहदेखि माथिको भागले आन्ऽा, अगाडिको भागले अग्नाशय र त्यसभन्दा अछिको भागले पेटको अवस्थालाई देखाउँछ । बिच छेउको भागले दाहिने फियो र देब्रे कलेजोलाई संकेत गर्छ । र, अगाडिको दुबै छेउले दाहिने र देब्रे खुट्टालाई जनाउने गर्छ ।

त्यस्तै त्यही भागको बीचभागले मुटुलाई प्रतिविम्ब गर्छ । त्यसैले ऐनामा जिब्रो हेरेर आफैं पनि आफ्नो स्वास्थ्यअवस्थाको बारेमा जानकारी राख्न सकिन्छ । स-साना बालबालिका, लाटा, बहिरा र नबुझ्ने भाषा भएका विरामीहरुलाई जिब्रो हेरेरै औषधी लेख्न सकिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु