#


तरकारी बेचेरै पढाइ खर्च जुटाउँदै १३ वर्षीया बालिका नवीना

    २०७६ बैशाख ९, सोमबार १९:०९ मा प्रकासित

खलङ्गा । जुम्ला चन्दननाथ नगरपालिका–४ का १३ वर्षीय बालिका नवीना योगी तरकारी बेचेरै पढाइ खर्च जुटाउँछिन्।चन्ददनाथ नमूना मावि खलङ्गामा कक्षा ९ मा अध्ययनरत् योगी विद्यालय छुट्टीपछिको समयमा तरकारी बेच्ने काम गर्दे आइरहेका छन्। घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइ खर्च जुटाउन योगीले यस्तो गरेको बताइन्।

‘विद्यालय छुट्टी भएपछि तरकारी बेच्न हिड्छु, राम्रै आम्दानी भइरहेको छ’, उनले भनिन्। तरकारी बेच्न थालेपछि पढाइ खर्च जुटाउन खासै समस्या नभएको योगीको भनाइ थियो। आमा र बुबा बेरोजगार भएकाले आफै तरकारी बेचेर पढाइ खर्च व्यहोर्नुपरेको उनको भनाइ थियो।

‘पहिला पहिला त तरकारी बेच्न बजार आउँदा कसैले केही भन्ने हुन की भन्ने डर लाग्थ्यो, बजारमा आउँदा सानी देखेर होला मैले ल्याएको तरकारी सबै बिक्री हुन्छ’, योगीले सुनाइन्।

विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर महतले योगी विद्यालयको राम्रो विद्यार्थी भएको बताए। तरकारी बेच्न थालेको एक वर्ष भएको र महीनामा तीन हजार कमाइ हुने गरेको उनले जानकारी दिइन्।योगीसँगै सोही ठाउँकी करिश्मा चौलागाईं पनि तरकारी बेचेरै राम्रो आम्दानी गर्छिन्। निजी विद्यालयमा पढ्ने उनको आवश्यक खर्च जुटाउने माध्यम नै तरकारी बनेको छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु