#


अमेरिकाको डिभी चिट्ठाको नतिजा आज आउँदै , यसरी हेर्नुहोस् आफ्नै मोबाईलबाट तपाइको डिभी रिजल्ट

  एजेन्सी   २०७६ बैशाख २४, मंगलवार १६:४३ मा प्रकासित

बैशाख २४ गते मंगलबार डिभी चिट्ठाको नतिजा सार्वजनिक हुने भएको छ।सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा डीभीको नतिजा आज बेलुका सार्वजनिक हुने भएको हो ।गत वर्ष असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म डिभी भरेकाहरुले हरुको नतिजा मंगलबार  १२  बजे पछी हेर्न सकिनेछ ।

अमेरिकी दूताबासका अनुसार सन् २०२० मा अमेरिका प्रवेशका लागि डिभी भरेकाहरुले मंगलबार ९ बजेर ४५ मिनेट पछि नतिजा हेर्न सक्नेछन् ।नतिजा हेर्नको लागि डि भि को वेबसाईटमा जानु पर्ने हुन्छ। डीभी भर्दा प्राप्त भएको कन्फरमेशन नम्बर आवस्यक पर्दछ ।उक्त कन्फरमेशन नम्बर हालेर चिठ्ठाको नतिजा हेर्न सकिनेछ ।

त्यहाँ गएर कन्फरमेसन नम्बर, थर र जन्मेको वर्ष टाइप गरी त्यसको मुनि चित्रमा रहेका अक्षरहरुलाई सँगैको बाकसमा टाइप गरी सबमिटमा क्लिक गर्नुभए डिभी परे/नपरेको थाहा पाइन्छ।

यसबाहेक अरु कुनै पनि उपाय वैध हुँदैनन्। कुनै कुनै कन्सलटेन्सीहरुले हामीले भरेको मध्ये यतिलाई पर्‍यो भनेर सूचि राखेका हुन्छन् भने त्यो झुटो पनि हुनसक्छ। उनीहरुले आफैकहाँ शुल्क तिरेर ग्राहकहरु भर्न आउन् भनेर झुटो लेखेका पनि हुनसक्छन्।

त्यस्तै इमेलहरुबाट तपाईँलाई डिभी पर्‍यो यति डलर पठाउनुस् भनियो भने त्यो ठगी हो भनेर बुझ्नुस्। डिभीबारे जानकारी इमेल वा पहिले जस्तै चिट्ठी पठाएर दिइँदैन भनेर काठमाडौँस्थित अमेरिकी दूतावासले विज्ञप्ति नै जारी गरेको छ।

त्यसैले कसैले पनि फोन, चिट्ठी वा इमेलबाट डिभी परेको भन्दै पैसा माग्यो भने ठगी हो भन्ने बुझ्नुस्। डिभी परे/नपरेको हेर्ने एक मात्र उपाय माथि उल्लिखित आधिकारिक साइट हो।

डिभी परेको भनेर धेरै जना ठगिएको थाहा पाएरै दूतावास आफैले यस्तो सूचना जारी गर्नुपरेको हो। दुःख गरी कमाएको पैसा ठगको हातमा नपरोस्। पैसा कसैको हातमा बुझाउँदै नबुझाउनुस्। कुनै कन्सलटेन्सीबाट भरेर डिभी परेको हो भने पनि फेरि त्यही कन्सलटेन्सीमा जान आवश्यक छैन। तपाईँ आफै बाँकी प्रक्रिया पूरा गर्न सक्नु हुन्छ।

कसैलाई कुनै अन्यौल भए अलि बुझ्ने मानिससित सल्लाह लिउँ। वा तल कमेन्टमा लेख्नुस्, यहाँका बुद्धिमान र सहयोगी पाठकले तपाईँलाई सहयोग गर्नेछन्।

डिभीका लागि छनौट भएका व्यक्तिहरूलाई ईमेल वा पत्राचार मार्फत कुनै पनि जानकारी गराईदैन। पूरा जानकारिको लागि तल भएको भिडियो हेर्नुहोस ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी