#


चर्चित रेसलरको रेसलिङ् खेल्दा खेल्दै रिङ भित्रै मृत्यु , हजारौं दर्शकको अगाडी गयो ज्यान (भिडियो सहित)

    २०७६ बैशाख २९, आईतवार १६:४६ मा प्रकासित

एजेन्सी । रेसलिङ् खेल्दा(खेल्दै एक रेसलरको रिङ भित्रै मृत्यु भएको छ ।मृत्यु हुनेमा चर्चित मेक्सिकन रेसलर सिल्भर किंग रहेका छन् । उनको शनिबार राति रेसलिङ् खेल्दा खेल्दै रिङ भित्रै मृत्यु भएको हो । लण्डनमा आयोजित एक कार्यक्रममा रेसलिङ् खेल्दा खेल्दै मृत्यु भएको बताइएको छ ।

 

सिल्भर किंगको नामले चिनिएपनि उनको वास्तविक नाम कवाहतेमोक गोन्जालेज ब्यारोन हो ।लण्डन क्याम्डेनस्थित राउन्डहाउस थिएटरमा आफ्नो प्रस्तुती दिइरहेका उनको त्यु भएको द वर्ल्ड रेसलिङ काउन्सिलले ट्वीट गरेर पुष्टी गरेको छ ।

 

 

सिल्भर किंगले डब्ल्यूडब्ल्यूईका पूर्व स्टार ‘द जुस’ गुएरेरासँग रेसलिङ खेलिरहेको र रेसलिङ खेल्दाखेल्दै उनी एकाएक लडेको बताइएको छ ।दर्शकहरुले उनको लाडाइ अभिनयकै रुपमा लिए तर त्यो लडाई अभिनय थिएन ।

अन्य रेसलेरले उनलाई घेरे र उनको छातीमा जोडबलका साथ थिच्न थाले ।तर उनको रिङ भित्रै मृत्यु भयो । उनले डब्ल्यूसीडब्ल्यूका पूर्व रेसलर एवं ज्याक फ्ल्याक नामक फिल्म र सन् २००६ मा कमेडी नाचो लिब्रेमा समेत अभिनयमा अभिनय गरेका थिए ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु