#


झापामा अचम्म ! १ सय घुस दिन खोज्ने पक्राउ

    २०७६ बैशाख ३१, मंगलवार २१:०० मा प्रकासित

दमक/झापामा प्रहरीलाइ एकसुय रुपिया घूस दिन खोजेको आरोपमा एक सवारी चालक पक्राउ परेकाछन् । यसरी प्रहरीले आफुलाइ घूस दिन खोज्ने ब्याक्ति पहिलो पटक पक्राउ गरेको बताइन्छ । त्यस बिषयमा जिल्ला प्रहरी कार्यालय झापाले पठाएको विवरण यस्तो छ-

मिति २०७६।०१।३० गते २२:०० बजेजिल्ला झापा मेचीनगर नपा १३ पुर्ब पश्चिम राजमार्ग स्थित चारआली चौकमा इलाका प्रहरी कार्यालय काकडभिट्टा बाट खटिएको प्रहरी निरीक्षक कोमल ठाकुर समेतको टोलिले चेकजाच गर्ने क्रममा पश्चिम बाट पुर्ब तर्फ आई रहेको ना ३ ख ५७९६ नं को ट्क चालक जिल्ला झापा अर्जुनधारा नपा २ बस्ने बर्ष ४२ को राम कुमार लिम्बुले आफ्नो साथमा सवारी चालक अनुमती पत्र नभएको कारण रु १००(सय रुपया) दिई, मिलाइ दिनु भनिप्रहरी कर्मचारीहरु समेतलाइ विचलन गर्न खोजेकोले निज चालकलाइ पक्राउ गरि आवश्यक कानुनी कारबाहिको लागी इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई राखिएको ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी