#


हिमालयन नेपाली इभेन्ट्सले कोरियामा नेपाली लोकसङ्गीत अवार्ड आयोजना गर्ने

    २०७६ जेष्ठ १, बुधबार १०:५२ मा प्रकासित

काठमाडौं।सृजनाको मुल्यांकन श्रष्टाको सम्मान । नेपाली संगीतको प्रवर्द्धन हाम्रो अभियान । नयाँलाई प्रोत्साहन, अग्रजलाई सम्मान। गर्ने उद्देस्यले आगामी अगस्टको ४ तारिखमा नेपाली लोकसङ्गीत अवार्ड कोरियामा आयोजना गरिने भएको छ।

 

हिमालयन नेपाली इभेन्टसको आयोजनामा हुने सो कार्यक्रम बारे आज राजधानीको दरबार रोधी क्लब दरबारमार्ग काठमाडौंमा एक पत्रकार सम्मेलन गरेर जानकारी गराइएको थियो।सोहि अबसरमा गायक तथा अवार्डका आयोजक सबिन घिसिङ,चर्चित गायक यम बराल,चलचित्र निर्माता एब नायक बिक्रान्त बस्नेत ,चलचित्र निर्माता एब राष्ट्रिय सङ्गीत कर्मी संघको केन्द्रिय महासचिव बिक्रम जङ्ग शाह लगायतका बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिति रहनु भएको थियो।

 

हिमालयन नेपाली इभेन्टस नेपालले बिगत केही बर्ष देखी नेपाली साङ्गितिक फाटमा एक अल्लगै पहिचान बनाउदै आइरहेको छ।यस अगी मलेसियामा आयोजना गरिएको पहिलो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१८ कतारको दोहामा आयोजना गरिएको दोस्रो हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डको २०१९ सफलतापुर्बक आयोजना गरिसकेको जानकारी हिमालयन नेपाली इभेन्टसका निर्देशक घिसिङले बताउँदै हामीले केही अनुभवका यात्राहरु पार गरेका छौं ।

 

यसको अलवा नेपाली स्रष्टाहरुको सम्मानार्थ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमस एकल साँझका साथै बिबिध सम्मान कार्यक्रम समेत गरिदै आइरहेको जानकारी गराउद छौं उनले भने।नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा थप प्रछार प्रसार गर्ने उद्देश्यले मित्र राष्ट्र दक्षिण कोरियाको सौलमा सन २०१९को अगस्ट ३ र ४ मा नेपाली लोक सङ्गीत अवार्ड दक्षिण कोरियामा २०७६ आयोजना गर्न लागेको कुरा यहाँहरु समक्ष जानकारी गराउन पाउदा हामीले खुसी र जिम्मेवारी दुबै महसुस गरेक छौं ।

 

यसपालिको यो कार्यक्रम पनि वास्तविक स्रष्टा सृजनालाई सम्मान र प्रोत्साहन गर्ने निरन्तरता कार्यक्रम नै भएको उनले बताए । कुल ३५ बिधाको अवार्ड हुने यस कार्यक्रममा कोरियाका म्युजिकल ब्यान्डका साथै कोरियन बिबिध साँस्कृतिक प्रस्तुतीहरु समेत सामेल रहनेछन् आफ्नो हरेक कार्यक्रमहरुले राष्ट्रको लागी के हि न के हि योगदान पु-याउदै आएको र नेपाल भ्रमण बर्ष २०२० को पुर्व सन्ध्यामा नेपाली संगीत र सिङ्गो संस्कृतिकै अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गरी हाम्रो नेपालमा धेरै भन्दा धेरै पर्यटकहरु भित्राउनको निम्ति बिशेष सहयोग पु-याउने पनि यस कार्यक्रमको मूख्य लक्ष रहेको बताए ।

 

कार्यक्रम प्रस्तोता नरेश भट्टराई , गायक यम बराल, कोरियन प्रतिनिधि पार्क लगायतका ब्याक्तित्वहरुले कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिएका थिए।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु