#

तपाई श्रीमानलाई खुशी बनाउन चाहानुहुन्छ ? कसरी त ? (हेर्नुस् १८ टिप्स)

  एजेन्सी   २०७६ जेष्ठ १, बुधबार १३:२३ मा प्रकासित

काठमाडौँ । प्रेम जति नै गहिरो किन नहोस् कुनै पनि जोडी हरबखत प्रेममा डुबेर बस्दैनन् । उनीहरुलाई आफ्नो जिम्मवारी पनि निभाउनु पर्ने हुन्छ । आफ्नो काम पनि गर्नुपर्ने हुन्छ । जिन्दगीको उतारचढाव सहनुपर्छ । यस्तो परिस्थितिमा श्रीमान–श्रीमतीसँगै भएर पनि प्रेम महसुस गर्दैनन् । सँगै भएर पनि टाढा हुन्छन् ।

यदि आफ्नो सम्बन्धमा खुशी हुन चाहनुहुन्छ भने केहि साधारण कुरामा पनि आफ्नो बैवाहिक सम्बन्धको खुशी र प्रेमले भरिपुर्ण बनाएर राख्न सक्नुहुन्छ ।

बैवाहिक सम्बन्धलाई स्वस्थ, खुशि र सुखी बनाउन धेरै प्रयत्न पनि गर्नु पर्दैन । बस स–सानो कुरामा ध्यान दिए पुग्छ । थोरै कोसिस गरेमा तपाईको बैवाहिक सम्बन्ध सुमधुर रहन्छ ।

श्रीमानलाई खुशी बनाउन के गर्ने के नगर्ने :

१. श्रीमानलाई माया गरेर बोलाउने ।
२.श्रीमानको घरको नराम्रो कुरा नगर्ने ।
३.अन्य पुरुषसँग तुलना नगर्ने ।
४.श्रीमानको प्रशंसा गर्न नबिर्सने ।
५.बाहिर जाँदा कँहा जान लागेको भनेर जानकारी दिने ।
६.आफु जति नै व्यस्त भए पनि फोन गर्न नर्बिसने ।
७. मिठो खाना पकाउने कोशिस गर्ने र प्रशंसा गर्न नबिर्सने ।
८.बिगतको कुरा पटक पटक दोहोयाएर तनाव नदिने ।
९. हरेक काम गर्दा एक अर्कामा सल्लाह गरेर मात्र निर्णय लिने ।
१०.श्रीमानलाई सम्मान गर्ने ।
११.सबैकुरा श्रीमानलाई सुनाउने कुनै कुरा नढाट्ने ।
१२.बिहान बेलुका समय निस्कने वित्तिकै सुख दुःखको कुरा गर्ने ।
१३.सत्य बोल्ने, नर्झकने ।
१४. समय मिलाएर घुम्न जाने ।
१५.अफिसबाट आउने वित्तिकै काम अहाउने र कराउने नगर्ने ।
१६. श्रीमानकोे साथीहरुको सम्मान गर्ने । परिवार साथीहरुमाझ श्रीमानको प्रशंसा गर्ने । नराम्रो कुुरा नगर्ने ।
१७. कहिलेकाही श्रीमानलाई सरप्राइज दिने ।
१८.कतै हिड्ने बेलामा श्रीमानको पहिरनको बारेमा टिकाटिप्पणी नगर्ने ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

Loading…

सम्बन्धित शीर्षकहरु