#


सरकारी दमक अस्पतालमा प्रसुती गराउँदा ५ हजार पुरुस्कार !

    २०७६ जेष्ठ १, बुधबार १६:१८ मा प्रकासित

विष्णुप्रसाद पोखरेल
दमक । झापाको दमकमा रहेको जिल्ला अस्पतालको रुपमा स्वीकृत सरकारी दमक अस्पतालले बुधबारबाट अस्पतालमा प्रसुती सेवा उद्घाटन गरेपछि पहिलो पटक प्रसुती सेवा लिने महिलालाइ दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले ५ हजार रुपिया प्रदान गरेकीछन् । अधिकारी अस्पताल विकास समितिकी अध्यक्ष पनि हुन् ।

कमल गाँउपालिकाकी निर्मला घिमिरे दमक अस्पतालमा पहिलो पटक प्रसुती गराउने महिला बनेकीछन् । उनी सोमबार नर्मल रुपमा यहाँ सुत्केरी भएकी थिइन् । अधिकारीले यो सेवा शुरुवात गर्ने समयमा नै पहिलो पटक यहाँ सेवा लिने महिलालाइ ५ हजार पुरुस्कार दिने घोषणा गरेकी थिइन् ।

नगरपालिकाले नगरबासीका महिलाहरुका लागि एम्बुलेन्स सेवा समेत निशुल्क रुपमा उपलब्ध गराउने भएको छ । अधिकारीका अनुसार ल्याउन र लैजान अब नगरपालिकाले एम्बुलेन्सको ब्यवस्था गर्ने छ । डा. सुरक्षा बास्कोटाले प्रसुती बिभागमा सेवा दिदै आएकीछन् ।

सुत्केरी ब्यथा लागेपछि फोन गर्नु भयो भने हामी बिरामी भएको ठाँउमा नै एम्बुलेन्स पठाउछौ र प्रसुतीपछि पनि घर पुर्याउछौ, अधिकारीले भनिन् । नेपाल सरकारबाट प्रसुती गराएपछि पाउने एम्बुलेन्स खर्च १ हजार पनि महिलाले पनि पाउनेछन् ।

नगरपालिका बोर्ड बैठकबाट यो निर्णय भएर कार्यन्वयन शुरु भएको दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए । उनका अनुसार नगरबासीहरुका लागि यो सुविधा घोषणा गरिएको हो ।

स्वास्थ्य चौकी रहेको अवस्थामा २०७२ सालमा अस्पतालमा स्तरउन्नती भएको थियो । ३ बर्षपछि प्रसुती सेवा शुरु भएको हो । अधिकारीले सामान्य शल्यक्रिया समेत नहुने अवस्था रहेको भन्दै एकदेखि दुइमहिना भित्रमा शल्यक्रिया हुने अवस्था सिर्जना गराउन लागि परेको बताइन् ।

नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत यस क्षेत्रको एकमात्र प्रथम बिन्दु अस्पताल यो भएकाले दैनिक २ सयभन्दा बढि बिरामीहरुले ओपीडि सेवा पाइरहेको पनि बताईएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु