#


बञ्चरो प्रहारगरी आफ्नै बाबुको हत्या

    २०७६ जेष्ठ ४, शनिबार १०:२० मा प्रकासित

बर्दिया । बर्दियाको ठाकुरबाबा २ बलाती गाउँमा बन्चरो प्रहार गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ परेका विष्णु भनिने ४१ वर्षीय दोर्णरत्न पोख्रेलले बन्चरो प्रहार गरी ७४ वर्षीय बुवा रत्नलाल शर्मा पोख्रेलको हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

भुरिगाउँ बजारमा बस्ने मृतककी बुहारीले फोन गर्दा ससुराले फोन नउठाएपछि शुक्रबार दिउँसो घरमै गएर हेर्दा कोठाभित्र रगत देखर प्रहरीलाई खबर गरेपछि मात्रै घटना सार्बजनिक भएको हो।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु