#


हेटौंडामा दुईवटा बस आपसमा ठोक्किँदा एकजनाको मृत्यु ३० जना घाइते

    २०७६ जेष्ठ ४, शनिबार १०:४२ मा प्रकासित

हेटाैंडा । हेटौंडामा दुईवटा बस आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको भने ३० जना घाइते छन् ।

 

काठमाडौंबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नम्बरको बस र पशुपतिनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २०५७ नम्बरको बस हेटौंडा नगरपालिकाको ३ लेवटमा आपसमा ठोकिएका हुन। ठक्करबाट घाइते भएका ना ७ ख २०५७ नम्बर बसका चालक मानबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो।

 

दुर्घटनामा दुवै बसका यात्रु घाइते भएका छन्। घाइते मध्येतीनजना चितवन रिफर गरिएको छ। २७ जनाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु