#


पाँचथर हत्याकाण्डमा संलग्न खोज्न शुरु सबै नाँकामा ब्यापक प्रहरी परिचालन

    २०७६ जेष्ठ ७, मंगलवार १०:३३ मा प्रकासित

इटहरीः पाँचथर हत्याकाण्डका दोषी नउम्कियोस भन्नका लागि नेपाल प्रहरीले पूर्वी नाकालाई कडाइ बनाएको बताएको छ ।

 

प्रदेश एकका डिआइजी केदार रिजालले एसपी शरदकुमार खत्रीको नेतृत्वमा विशेष टोली परिचाल गरिसकेको प्रदेश पोर्टललाई जानकारी दिएका छन् ।

 

उनकाअनुसार ९ जनाको ज्यान लिने गरी भएको उक्त घटनालाई विशेष रूपमा लिँदै सुरक्षा अधिकारीहरूले गम्भीरताका साथ अनुसन्धान थालेकाे हाे ।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोली समेत हिँडिसकेको प्रहरीले जानकारी दिएको छ ।

 

पाँचथरको मिक्लाजुङ –३ आरुबोटेमा सोमबार राती २ परिवारका ९ जनाको हत्या भएको छ ।

 

स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।प्रदेश पोर्टल

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु