#


यस्तो विभत्स र दर्दनाक छ पाँचथरमा गरिएको ९ जनाको हत्या स्थल

    २०७६ जेष्ठ ७, मंगलवार १३:५१ मा प्रकासित

पाँचथर, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या गरिएको स्थल सानो मुटुले हेर्न नसकिने खालको छ ।

ठूलादेखि बालबालिका समेत कसैलाई बाँकी नराखिएको उक्त हत्यास्थलमा रगतको खोला बगेको देखिन्छ । प्रहरीले हत्या गरिएका सबैको सनाखत गरिसकेको छ । अहिले गाउँले, सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधि घटनास्थलमै छन् । मानिसको अनुहारमा स्पष्ट त्रास देख्न सकिन्छ । घटनाकै कारण आज स्थानीय विद्यालय बन्द भएका छन् । मुकुण्डोधारी अज्ञात समूहले ससुरा बमबहादुर फियाक र ज्वाई धनराज शेर्माको परिवारको हत्या गरेको हो ।

अज्ञात समूहको आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खुजुमका अनुसार मकुन्डोधारी समूहले १२ बजेभन्दा अघि नै हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।
यता घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपीको नेतृत्वमा टोली अनुसन्धानमा खटिएको छ ।

यस्तै सीआईबीको एसपी उमाप्रसाद चर्तुदेवीको नेतृत्वमा, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली अनुसन्धानको लागि घटनास्थल प्रस्थान गरेको छ । हाल पाँचथरको चारैतिर नाकामा चेकजाँच कडा पारिएको प्रहरीले जनाएको छ । एकै गाउँका २ परिवारको हत्या भएपछि स्थानीयहरु डरले त्रसित भएका छन् । नया पेज बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु