#


आज झापामा दुर्घटनामा गयो एकको ज्यान

    २०७६ जेष्ठ ७, मंगलवार १४:४१ मा प्रकासित

झापा । अर्जुनधारा नगरपालिका १ स्थित मदनपुरमा मंगलबार दिउँसो ट्याक्टरले किचेर एक युवाको मृत्यु भएको छ ।

 

साधुटारदेखि मदनपुरतर्फ आइरहेको मे. १ त ५००६ नम्बरको ट्याक्टरले किचेर स्थानीय अर्जुन प्याकुरेलको ज्यान गएको हो ।

 

१९ वर्षीय उनको घटनास्थलमै ज्यान गएको बताइएको छ ।

 

अहिले घटनाको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको शनिश्चरे प्रहरी चौकीले जनाएको छ ।

 

घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु