#


डर्वीलाई हराउदै एस्टन भिल्ला प्रिमियर लिगमा बढुवा

    २०७६ जेष्ठ १४, मंगलवार ०७:२९ मा प्रकासित

एजेन्सी । एस्टन भिल्ला इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । प्रिमियर लिगको बढुवाको लागि सोमबार राति भएको च्याम्पियनसिपको प्ले अफ फाइनलमा डर्वी काउन्टीलाई २–१ ले पराजित गर्दै एस्टन भिल्लाले तीन वर्षपछि प्रिमियर लिगमा पुनरागमन गरेको हो ।

 

एस्टन भिल्ला २०१५/१६ को सिजनमा रेलिगेसनमा परेको थियो । त्यतिबेला एस्टन भिल्लाले ३८ खेलमा मात्रै १७ अंक जोडेको थियो ।भिल्ला अघिल्लो सिजन पनि प्रिमियर लिगको बढुवा नजिक पुगेको थियो । च्याम्पियनसिपको प्ले अफ फाइनलमा एस्टन भिल्ला पुलहमसँग पराजित हुदा प्रिमियर लिगमा बढुवाबाट रोकिएको थियो ।

 

 सोमबार राति वेम्वली मैदानमा भएको खेलमा भिल्लाले चेल्सीका पुर्व खेलाडी फ्रान्क लाम्पार्डको प्रशिक्षकत्वमा रहेको डर्वी काउन्टीलाई २–१ ले पराजित गरेको हो । एस्टन भिल्लाको जितमा अनवर इएल घाँजी र जोन मकजिनले गोल गरे । डर्वी काउन्टीका ज्याक म्यारियोटले एक गोल फर्काए ।

 

 

४४औं मिनेटमा अनवर इएल घाँजीले गोल गर्दै एस्टनलाई पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५९औं मिनेटमा जोनले गोल गर्दै एस्टन भिल्लाको अग्रता दोब्बर पारेको थियो । दुई गोलले पछि परेको डर्वीले खेलमा भिल्लालाई दवावमा राख्दै एक गोल गर्न सफल भएपनि हार टार्न सकेन । डर्वीका ज्याक म्यारियोटले खेल सकिन ९ मिनेट बाँकी रहँदा गोल गरेका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु