#


एक व्यापारीको डोनेशन (सहयोग)बाट शुरु भएको थियो क्रिकेट विश्वकप

    २०७६ जेष्ठ १५, बुधबार १२:३५ मा प्रकासित

एजेन्सी । १२ औं संस्करणको आईसीसी विश्वकप शुरु हुन अब एक दिन मात्र बाँकि रहेको छ। ३० मेबाट शुरुहुने विश्वकप इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुनेछ। क्रिकेटप्रेमीहरु ४ वर्षदेखि विश्वकपको पर्खाईमा रहेका छन्।

 

पुरुष क्रिकेट विश्वकप शुरुभएको ४४ वर्ष पुगेको छ्। तर वास्तवमा क्रिकेट विश्वकप महिला क्रिकेटबाट शुरु भएको थियो। पुरुष क्रिकेट शुरु हुन भन्दा दुई वर्ष पहिला २० जुन १९७३ मा पहिलो महिला क्रिकेट विश्वकप भएको थियो। उक्त विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको थियो। त्यतीबेला उक्त टुर्नामेन्टमा ७ देशले भाग लिएका थिए। यसका लागि इंग्ल्याण्डका एक व्यापारी ज्याक होवर्डले ४० हजार पाउण्ड सहयोग गरेका थिए।

 

 

राउण्ड रोबिन फर्म्यमटमा खेलाइएको उक्त विश्वकपमा ६ आटै खेल जितेर इंग्ल्याण्ड फाईनलमा प्रवेश गरेको थियो। र फाईनलमा अस्ट्रेलियालाई ९२ रनले हरायर उपाधि जितेका थियो। त्यसको ठिक २ वर्षपछि २० जून १९७५ मा पहिलो पुरुष विश्वकप क्रिकेटको आयोजना भएको थियो।फुटबल, आइस हक्की, टेबल टेनिस लगायतका अन्य धेरै खेलहरुको ग्लोबल च्याम्पियनसिप दोस्रो विश्व युद्धको समयमा नै शुरु भएको थियो। तर क्रिकेट विश्वकपको शुरुवात भने महिला विश्वकपबाट सन १९७३ मा भएको थियो।

 

 

फाइनल सकिएको ३० दिनपछि अन्तर्राष्ट्रिय क्रिकेट कन्फ्रेन्सको आयोजना भयो। जसमा टेष्ट र काउण्टी क्रिकेट बोर्डको ६० ओभरको विश्वकप आयोजन गर्ने प्रस्ताव स्वीकृत भयो। जसका लागि आयोजक पपनि फेला पर्यो। सन् १९७२ देखि इंग्ल्याण्डलाई सपोर्ट गरिरहेको एक बीमा कम्पनि प्रूडेन्सियल एसुरेन्सले १ लाख पाउण्ड सहयोग गर्यो। जसमा नाफाको १० प्रतिशत आयोजक बोर्डलाई तथा सात टिममध्ये प्रत्येकलाई ७.५ प्रतिशत दिने र बचेको ३७.५ प्रतिशत हिस्सा एसोसियट मेम्बर्स र अन्तर्राष्ट्रिय कोचिङ फण्डको लागि निर्धारित भयो।

 

 

यस प्रकार जून १९७५मा इंग्ल्याण्डमा पहिलो पुरुष विश्वकप क्रिकेटको आयोजना भयो। यो विश्वकप भन्दा ४ वर्ष पहिला नै एकदिवसीय क्रिकेटको सुरुवात भएको थियो। पहिलो तीनओटा विश्वकप इंग्ल्याण्डमा नै भएको थियो। त्यसपछि सन् १९८७ देखि विभिन्न देशमा यसको आयोजना हुन थाल्यो।

 

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु