#


दमकमा ३० प्रतिशतमा मधुमेह

    २०७६ जेष्ठ २३, बिहीबार १६:१६ मा प्रकासित

दमक । झापाको दमकमा मधुमेह (सुगर) का बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको पाईएको छ । लायन्स क्लव अफ दमक इस्टर्न लाइन र ग्रीन सिटीले १ सय दिन लगाएर गरेको सर्वेक्षणले दमकमा ३० प्रतिशत मानिसहरुमा मधुमेह भेटिएको जनाएको छ ।

दमकका बिभिन्न वाडहरुमा गएर नमुनाको रुपमा २ हजार ३९ जनाको सुगर परिक्षण गर्दा ६ सय १२ जनामा सुगर रहेको पाईएको लायन्स क्लव अफ दमक इस्टर्न लाइनका अध्यक्ष बिमल शर्माले बताए । अधिकाँशले मधुमेह भएको थाहा पाएको जनाएको र २ दशमलव ६ प्रतिशत अर्थात ४२ जना भने नयाँ बिरामी भेटिएको उनले जानकारी दिए ।

४२ जनालाइ आफुलाइ सुगर लागेको रहेछ भन्ने थाहा रहेनछ र हामीले जाँच गरेपछि मात्र थाहा पाउनु भयो, उहाँले भन्नुभयो । ३० बर्षदेखि ७० बर्ष उमेर समुहका बढि मधुमेह रोगबाट पीडित भएको देखिएको पनि जनाईएको छ ।

सर्वेक्षण अनुसार पुरुषहरु बढि मधुमेहबाट पीडित रहेकाछन् । स्वास्थ्यकर्मी समेत ररहेका लायन्स क्लव अफ ग्रिन सिटीका कुवेर भट्टराइका अनुसार २० दशमलव ५ प्रतिशत पुरुषमा र ९ दशमलव ५ प्रतिशत महिलामा मधुमेह देखिएको छ । मधुमेहको जोखिम पुरुषमा बढि देखिएको छ र महिलाहरु न्यून भेटियो, उनले भने । नतिजा दमक १० मा केन्द्रित थियो । पछि केहि वाडहरु पनि थपिएको बताईएको छ ।

१ सय दिनको सुगर परिक्षण कार्यक्रम समापन कार्यक्रममा बोल्ःदै लायन्स लिडर अजय अग्रवालले यो एउटा राम्रो काम भएको बताए । आगामि दिनमा यसबाट सिकेका र आएका सुझावहरुलाइ मनन् गर्दै थप ब्यवस्थित रुपमा यो कार्यक्रमलाइ अघि बढाइने उनले जनाए । कार्यक्रम समापनमा लायन्स क्लव अफ दमक गोल्डका अध्यक्ष काशि खाँतीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बेनु निरौलाले गरेका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु