#


आफ्नै घर बेचेर झापामा १ करोड २५ लाखमा बेद शिक्षालय बनाउने गुरागाँइ दम्पती

    २०७६ जेष्ठ २३, बिहीबार १६:४२ मा प्रकासित

विष्णुप्रसाद पोखरेल

दमक/झापाको कमल गाँउपालिकामा एक दम्पतीले सस्कृती बेद शिक्षालय सञ्चालनका लागि एक करोड २५ लाख मुल्य बराबरको ब्याक्तिगत लगानीमा पक्की भवन बनाईदिनु भएको छ ।

 

 

झापा कमल–६ पाडाजुङ्गी स्थित गुरागाँई वंश उत्थान समाज कल्याण प्रतिष्ठान हातामा प्रतिष्ठानका पूर्व अध्यक्ष समेत रहनु भएका डिल्लिराम गुरागाँई र श्रीमती कमला गुरागाँईले शिक्षालयको लागि भवन बनाइदिनु भएको हो ।

 

 

 

१ करोड २५ लाख रुपैयाँको लागतमा आवसिय सुविधा सहितको १६ कोठे भवन, सभाकक्ष, शौचालय सहितको तीन तले भवन निर्माण पूरा भएको गुरागाइ दम्पतीले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।  आफ्ना छोराछोरी सबै सक्षम रहेको र सस्कृत शिक्षा पछि पर्दै गएकाले आफुहरुको सम्पती बेचेर यो निर्माण गरेको गुरागाँइ दम्पतीले जानकारी दिनु भयो ।

 

 

 

मरेर जाँदा सम्पती लान सकिदैन र आफ्नो सम्पती सधै काम लागोस भनेर यो निर्णय लिईएको हो, ७९ बर्षिय डिल्लिरामले भन्नुभयो । अन्य प्रयोजनका लागि यो प्रयोग गर्न दिइने छैन र शिक्षालय सञ्चालनमा नै उपयोग गर्नु पर्नेछ, भवन हस्ताण्तरणको प्रमुख शर्त आफ्नो यहि रहने पनि उहाँले जनाउनु भयो ।  गुरुकुल शिक्षा मासिदै गएको र बेद पढाइ हुने शिक्षालय कम रहेकाले त्यसका लागि आफुले नीजि लगानीमा भवन बनाइदिएको गुरागाइले जानकारी दिनु भयो ।

 

 

 

भवनमा ३० जना सम्म बटुकहरुलाई आवशीय सुविधा सहितको निशुल्क गुरुकुल शिक्षा प्रदान गर्ने लक्ष्य रहेको गुरागाँई वंश उत्थान समाज कल्याण प्रतिष्ठानका सचिब गोपाल गुरागाँइले बताउनु भयो । यहि आर्थिक बर्षमा गुरुकुलको अनुमति लिएर सस्कृत पाठशाला शुरु गर्ने उदेश्य थियो तर पुरा भएन, गुरागाँइले भन्नुभयो । एकबर्ष भित्रमा हामी यहाँ पठनपाठन शुरु गर्छौ, उहाँले भन्नुभयो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु