#


मोदीलाई प्रधानमन्त्रीको कुर्सीसम्म पुर्याउने प्रशान्त ममता बेनर्जीसँग मिलेपछि भारतमा तरङ्ग

  एजेन्सी   २०७६ जेष्ठ २४, शुक्रबार १६:२९ मा प्रकासित

काठमाडौं– राजनीतिका रणनीतिकार प्रशान्त किशोरले भारतीय तृणमूल काँग्रेसकी अध्यक्ष ममता बेनर्जीसँग भेटेपछि भारतीय राजनीतिमा चर्चाको विषय बनेको छ । आफ्नो राजनीतिक रणनीतिले कतिपय नेतालाई सत्ताको कुर्सीसम्म पुर्याउन सफल भएका प्रशान्त किशोर ममता बेनर्जीको रणनीतिकार बन्ने लगभग पक्का भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जनता दल युनाईटेडको उपाध्यक्ष समेत रहेका प्रशान्त ममता बेनर्जीको रणनीतिकार बनेका छन् । सन् २०२१ मा बंगालमा विधानसभाको चुनाव हुँदैछ, त्यसैको तयारीमा उनी ममता बेनर्जीको साथमा गएका हुन् ।
सन् २०१४ मा नरेन्द्र मोदीलाई प्रधानमन्त्री बनाउन सफल प्रशान्त सिंहले सन् २०१२ मा नरेन्द्र मोदीका लागि गुजरातमा काम गरेका थिए । र, उनले त्यहाँ पनि सफलता हात पारेपछि मोदी गुजरातका मुख्यमन्त्री बनेका थिए ।

प्रशान्तले सन् २०१५ मा निशितकुमारका लागि काम गरेका थिए । र उनले त्यहाँ पनि सफलता हासिल गरेका थिए । र, चुनावमा सफलता हासिल गरेपछि नीतिशकुमार बिहारको मुख्यमन्त्री बनेका थिए । नीतिशकुमार मुख्यमन्त्री भएपछि उनले प्रशान्तलाई सल्लाहकारमा समेत राखेका थिए र उनलाई मन्त्रीस्तरीय सुविधा दिएका थियो । हुँदाहुँदै उनी सन् २०१८ मा जनता दल युनाइटेडमै प्रवेश गरे ।

हालै आन्ध्रप्रदेशमा सम्पन्न लोकसभा र विधानसभा चुनावका लागि प्रशान्तले वाइएसआर काँग्रेसका नेता जगमोहन रेडीका लागि काम गरेका थिए । र, उनले त्यहाँ पनि सफलता हात पारे र रेडी मुख्यमन्त्री बन्न सफल भए । प्रशान्तले रेडिका लागि डेढ वर्षभन्दा पहिलेदेखि काम शुरु गरेका थिए ।

लोकसभा चुनावमा बंगालमा भाजपाले तृणमुलको शक्तिलाई कमजोर गरेपछि ममता बेनर्जी प्रशान्तको सहयोग लिन थालेका हुन् । विधानसभाका लागि भाजपाले पनि त्यहाँ आफ्नो तयारी शुरु गरिसकेको छ । लोकसभा चुनावमा भाजपाले त्यहाँ ४२ सीटमध्ये १८ सीटमा सफलता हात पार्यो । जबकि सन् २०१४ मा भाजपाले २ वटा सिट मात्र हात पारेको थियो । प्रशान्तले ममता बेनर्जीसँग हात मिलाएपछि भाजपालाई टाउको दुखाई भएको छ । पटक–पटक भाजपाका लागि काम गरेका प्रशान्तले ममतालाई साथ दिएपछि पक्कै पनि भाजपालाई असर गर्ने विश्लेषण भइरहेको छ ।

यसैपनि अहिले जेडयु र भाजपाको सम्बन्ध राम्रो छैन । लोकसभा चुनावमा एउटै गठबन्धनबाट चुनाव लडेका भाजपा र जेडयुबीच मन्त्रिमण्डल गठन भएको विषयलाई लिएर लफडा भएको छ । भाजपाले एउटा मन्त्रालय दिएपछि नीतिशकुमारले आफ्नो पार्टीको तर्फबाट मन्त्री पठाएनन् । र, यही बेला सो दलका एकजना नेता एवम् रणनीतिकारले ममता बेनर्जीसँग हात मिलाएपछि भाजपा तर्सेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु