#


आफ्नै शिशुलाई मावाखोलाको काँसघारीमा छाडेर भाग्ने आमा उर्लाबारीबाट पक्राउ

    २०७६ जेष्ठ २४, शुक्रबार २०:०३ मा प्रकासित

माेरङ – आफ्नै शिशुलाई खोलाको काँसघारीमा छाडेर भाग्ने आमालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ । गएकाे चैत २ गते आफैले जन्मदिएको शिशु बालकलाई मावाखोला बाँसखारीमा छाडेर भागेकी बालककी आमा माया राईलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तो छ घटना

मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ स्थित नवनिर्मित बसपार्क छेऊको मावाखोलाको किनार काँसघारीमा फालिएको अवस्थामा २०७५ चेत २५ गते शिशु फेला परेको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरी निरीक्षकसमेतको टोलीले त्याे नाबालकलाई उद्दार गरी गोदावरी हस्पिटल उर्लाबारीमा उपचारका लागि पठाएको थियो ।

बच्चाको आमा खोजतलास गर्दै जाने क्रममा इलामको माङसेबुङ गाउँपालिका-६, स्थायी घर भई उर्लाबारी नगरपालिका ६ पानीटंकीका अमृत तामाङको घरमा बस्दै आएकी करिब ३० वर्षीया माया राईको रहेको अनुसन्धानबाट पत्ता लगायो ।

लामो समय खोजी गर्दा पनि फेला नपरेकी शिशुकी आमा खोज्ने क्रम प्रहरीले जारी नै राखेको थियो । नवजात शिशुलाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याइएकोमा शिशुकी आमा माया राई नोबेल अस्पतालमा आफै उपस्थित भएको समेत प्रहरीले पत्ता पायो । तर नवजात शिशुको २८ गते बिहान उपचारका क्रममा मृत्यु भएपश्चात अस्पताल परिसरबाट मृतक नवजात शिशुकी आमा माया राई भागेको प्रहरी बताउँछ ।

वैशाख २ गते इलाका प्रहरी कार्यालय उर्लाबारीले उनका विरुद्धमा मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को परिच्छेद १२ को दफा १८४ बमोजिम जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्यो ।

बच्चाको मृत्युपछि फरार रहेकी मायालाई खोज्न भने प्रहरीले छाडेन । झापाको दमक नगरपालिका-७, रतुवाखोला किनारामा रहेको सुकुम्बासी बस्तीमा बसोबास गर्दै आइरहेको भन्ने सूचनाको आधारमा निगरानी गर्दै जाँदा उनलाई उर्लाबारी-,५ हाटखोलाको शुक्रबारे बजारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निररुीक्षक राम तिमल्सिनाले जानकारी दिनुभयाे ।

पक्राउ परेकी मायालाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखी अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ । प्रहरीले पक्राउ परेकी मायाले २०७५ असारमा काठमाण्डौमा भेट भएका एक व्यक्तिसँग प्रेम विवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।उज्यालो

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु