#


पशुपतिनाथको अस्तित्व जोगाउन हम्मेहम्मे, चलअचल सम्पत्ति हत्याउने क्रम बढ्याे

    २०७६ जेष्ठ २५, शनिबार ०७:२५ मा प्रकासित

काठमाडौं । विश्वकै हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको एकातिर महत्त्व दिनानुदिन बढ्दैछ भने अर्कोतिर पशुपतिनाथको चलअचल सम्पत्ति हत्याउने क्रमसँगै विश्व सम्पदामा सूचीकृत भएर पनि अस्तित्व जोगाउन हम्मेहम्मे पर्न थालेको छ।मन्दिर व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष स्थापना गर्नुपर्छ भन्ने सोच २०४३ सालमा मात्र आएको देखिन्छ।

 

त्यसअघिदेखि नै पशुपतिका नाममा रहेका जग्गा र चढाइएका सुनचाँदीमा आँखा लगाउन थालिसकेको अभिलेखले देखाएको छ। कोष बने पनि त्यतिबेला हराएका जग्गा, सुन र सम्पत्ति खोजी गर्ने काम कसैले गरेन। पछिल्लो दुई दशकमा यो महसुस भयो, छानबिन समिति गठन गरिए तर तिनले काम गरेनन्।

 

 

यसका पछाडि यस्तै भूमाफिया र तिनका संरक्षक राजनीतिक नेता साथै सरोकारवालाको दबाबसँगै समितिमै बस्ने कतिपयको स्वार्थ बाझिएको कोषका कर्मचारीको बुझाइ छ।

आफैंमा अलमल थियो। कोषको नाममा कति जग्गा छ यकिन थिएन।

 

कति र कहाँ मासिए थाहा थिएन। प्रतिवेदनले सप्रमाण भन्यो, कोष मातहतका तीन कार्यालय पशुपतिनाथ भण्डार तहबिल, पशुपतिनाथ अमालकोट कचहरी र पशुपतिनाथ जयबागेश्वरी भण्डार तहबिल कार्यालय मातहतमा पशुपतिनाथका नाममा १८ हजार तीन सय ४२ रोपनी दुई आना दुई दाम जग्गा छ। याे समाचार अाजकाे अन्नपुर्णा पाेस्ट् दैनिकमा छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु