#


३२ वर्षीया पत्नी गर्भवती भएपछि, ८० वर्षीय पतिको हाल

    २०७६ जेष्ठ २८, मंगलवार १०:५३ मा प्रकासित

एक जना ८० बर्षको बुढो मान्छे डाक्टरकोमा गए र निकै फूर्तिका साथ गफ गर्न थाले–

 

बुढा – डाक्टर साव मेरी ३२ बर्षकी श्रीमती गर्भवती भएकी छे, त्यसमा तपाईं के भन्नुहुन्छ ?

 

डाक्टर – म तपाईंलाई एउटा कथा भन्छु सुन्नुस् हैत !

बुढा – हस् भन्नुस् न डाक्टर सा’ व

 

 

 

डाक्टर – एकपटक एउटा शिकारीले हतारमा झुक्किएर बन्दुकको सट्टा छाता बोकेर शिकार गर्न भन्दै जंगलतिर गएछ । जँगल पुग्ने बितिकै शिकारीको एउटा बाघसँघ जम्काभेट भयो । शिकारीले हतपत्त बन्दुक पड्काउन खोज्यो तर, छाता ड्याम्म उग्रियो, त्यतिमै त्यो बाघ त्यहिं भुक्लुक्क ढल्यो र ठहरै मर्‍यो ।

 

 

 

बुढा – वाइयात ! त्यस्तो पनि कहीं हुन्छ ? त्यो त असम्भव छ, त्यति नै बेला अरु कुनै व्यक्तिले बाघलाइ बन्दुक हानेको हुनुपर्छ, नत्र छाताले कहाँ ढल्छ ?

 

 

 

डाक्टर – हो मैले पनि त्यही त भनिरहेको छु नी ! तपाईपनि त त्यही शिकारी जस्तै हुनुभयो नि !

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु