#


बेलायतमा रहेका गोरखा सैनिकहरूले प्रधानमन्त्रीलाइ यस्तो सम्मान

    २०७६ जेष्ठ २९, बुधबार १४:५० मा प्रकासित

बेलायत, २९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणका क्रममा बेलायतमा रहेका गोरखा सैनिकहरूले सलामी अर्पण गरेका छन् ।

प्रधानमन्त्री ओली मंगलबार संयुक्त राज्य बेलायतको काम्बर्ली स्थित रोयल मिलिटरी एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा पुगेका थिए ।

१९ वर्षपछि बेलायत भ्रमणमा पुगेका नेपालका प्रधानमन्त्रीलाई गोरखा सैनिकले नेपाली राष्ट्रिय गानको संगीत बजाएर स्वागत गरेका थिए ।

उनलाई ब्रिगेडमा रहेका गोरखा सैनिकले गार्ड अफ अनर प्रदान गरेका हुन् । त्यसअघि प्रधानमन्त्री ओलीले समकक्षी थेरेसा मेसँग भेट गरी गोरखा सैनिक सम्बन्धी सहमति भएको त्रिपक्षीय सन्धिको पुनरावलोकनको प्रस्ताव राखेका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु