#


किसानहरुलाई खुसीको खबर, सरकारले तोक्यो धानको मूल्य

    २०७५ श्रावण २४, बिहीबार ०७:२५ मा प्रकासित

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि धानको मूल्य तोकेको छ । बुधबार राति अबेरसम्म बसेको बैठकले मोटा धानको मूल्य २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा प्रतिक्वीन्टल तोकेको हो ।

यस्तै, मन्त्रिपरिषदले पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा मात्र राख्ने निर्णय गरेको छ । बैठकले ५ नम्बर प्रदेशका कामु सचिव तीर्थराज ढकाल, प्रधानमन्त्री कार्यालयका सहसचिव आनन्दराज ढकाललाई विशिष्ट श्रेणीमा बढुवा गरेको छ । आनन्दराज ढकाललाई ३ नम्बर प्रदेशको प्रमुख सचिव बनाइएको छ । ३ नम्बर प्रदेशका प्रमुख सचिव रश्मिराज पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ भने गृहका कामु केदार न्यौपानेलाई विशिष्ट श्रेणीमा बढुवा गर्दै १ नम्बर प्रदेशको प्रमुख सचिव बनाइएको छ ।

त्यस्तै, तत्कालीन राष्ट्रिय दलित आयोगबाट हुने दलित जाति सिफारिस अब गाउँ, नगर, उपमहानगर र महानगरको वडा कार्यालयबाट उपलब्ध गराउने निर्णय भएको छ ।

यस्तै, जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८, आवास अधिकारसम्बन्धी विधेयक, सामाजिक सुरक्षासम्बन्धी विधेयकलगायतका विधेयक संघीय संसदमा पेश गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु